आज -World Press freedom Day (2023), समस्त स्वरोजगार -श्रमजिबि पत्रकारहरुमा सुभकामना
बैशाख २०, २०८०, बुधबार | विहान ०४:०२ बजे | 40
यस अवसरमा प्रथमत: न्याय ,समानता ,स्वततन्त्रता र मानबअधिकारको
पक्षमा कलम चलाउने क्रममा बिरगति प्राप्त, यातनाको क्रममा हत्त्या गरिएका बिस्वभरिका पत्रकारहरुप्रती हार्दिक श्रध्हानजलि । त्य्सै गरि कसैको दबाब वा प्रभाबमा नपरि आफ्नो पेशागत धर्म निर्वाह गरिरहनु हुने समस्त स्वरोजगार -श्रमजिबि पत्रकारहरुमा हार्दिक सुभकामना ...
सन 1991 मा अफ़्रिकि अखबारहरु सङ आवद्ध पत्रकारहरुको एक बृहत् सम्मेलन द्वारा पारित घोषणापत्रलाई संयुक्त रास्ट्र सङ्को सभाले धारा-19 अन्तर्गत स्विकार्दै मे-3 लाई World Press freedom Day को रुपमा बिस्वभरि मनाउने प्रस्ताव पारित गरे पस्च्यात रास्ट्र संघ मातहतको UNESCO को आह्वाहानमा यो दिवस सन 1993 देखि मनाउन थालिएको हो । नेपालमा यो दिवसलाई नेपाल पत्रकार महासङ्ह र मातहतका जिल्ला साखाहरु लगायत पत्रकारिता सम्बध्ह अन्य सन्चार सन्स्थाहरुले यो दिवस मनाउदै आएका छन ।
बि.स. १९५५ मा प्रकशित सहित्यिक पत्रीका -सुधा सागर " नै नेपालमा आम सन्चारको सुरुवात गर्ने माध्यम बन्यो । त्य्स्तै बि.स.१९५८ बैसाख 24 गते प्रकशित गोर्खापत्र जस्को स्थापना तातकालिन प्रधानमन्त्री देव सम्शेरले गरेका थिए । त्येस्तै निजि लगानीमा स्थापना भएको दैनिक अखबार -आवाज हो जुन २००७ फाल्गुन ९ गते प्रकाशित भएको थियो ।
All reactions:
2
