सन्दर्भ : मइ दिवस


बैशाख १८, २०८०, सोमबार | विहान ०९:०४ बजे | 25


सन्दर्भ : मइ दिवस

सुनील सापकोटा आज १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस। यसलाई मजदुर दिवस , मइ दिवसका नाउँले पनि बुझिन्छ । आज धेरै बर्ष अघि अमेरिकाको शिकागो बाट आठ घन्टा काम , आठ घन्टा मनोरञ्जन र आठ घन्टा विश्रामको माग राखी शुरु भएको त्यो मजदुरहरुको आन्दोलनको फल स्वरूप दुनियाँका विभिन्न ट्रेड युनियनहरुको आज यो विकसित रुप हो भन्न सकिन्छ । श्रम इतिहासको अध्यन गर्दा आज श्रमिकहरुको जुन सुधारिएको अवस्था छ त्यस्तो पहिले थिएन । विगतमामा अमेरिका तथा यूरोपमा भएका मजदुरहरुको कैयौं संघर्ष र बलिदानहरुले आज मजदुर हरुको यो सुधारिएको अवस्था सम्म आइ पुगेको हो। अहिलेको आधुनिक सन्दर्भमा श्रमिकवर्ग लाई दुई भागमा बाँडेको पाइन्छ । एउटा कोठामा बसी मानसिक रुपमा कलम बाट काम गर्ने कर्मचारीवर्ग । जसलाई " ह्वाइट कलर लेवर " । अर्को फ्याक्ट्री मा शारीरिक श्रम गर्ने मजदुरवर्ग जसलाई " ब्लू कलर लेवर " भनिन्छ । नेपालमा अहिले ट्रेड युनियन ऐन लागु भएपनी मजदुर वा श्रमिक वर्गहरु ठगिएकै छन्। बीस बर्षको मेरो बैंक जागिर अवधीमा मैले लग भग बार्ह बर्ष ट्रेड युनियनमा सक्रिय भइ काम गरिसकेको अनुभवले भनेको हुँ । राजनैतिक दलका नेताहरु र रोजगारदाताहरुको मिलोमतो ले अझैसम्म पनि यहाँका श्रमिकहरुले श्रमको उचित ज्याला र सुबिधा हरु पाउन सकेका छैनन्। मलाई येस्को कारण के लाग्छ भने जबसम्म राजनैतिक दलहरुको हस्तक्षेप बाट वा भनौं दवाब बाट ट्रेड युनियनहरु मुक्त हुदैनन् , तबसम्म ट्रेड युनियनहरु स्वतन्त्र भइ आफ्नो मनले चल्न सक्तैनन । अनि जबसम्म स्वतन्त्र रुपले चल्न सक्तैनन तबसम्म श्रमिक हरुको अवस्थाहरुमा सुधार आउँन सक्तैन। यो कुराको चेतना नेपालको अहिलेका यहाँका सबै ट्रेड युनियनका नेताहरुमा आउँनु पर्छ भन्ने मलाई लाग्छ। ज्यादा के लेखुँ । अन्तरास्ट्रिय मइ दिवसको अवसरमा सबैमा मेरो शुभकामना । इति।

Comments