विनायकमा अभिभावक अभिमुखीकरण कार्यक्रम
बैशाख १७, २०८०, आइतबार | विहान ०५:१० बजे | 25
मध्यपुर ठिमी भक्तपुर संस्कार सहितको गुणस्तरीय तथा प्रविधि मैत्री शिक्षालाई महत्व दिँदै आएको मध्यपुरथिमिमा अवस्थित विनायक शिक्षा निकेतन ई स्कुलले२०८० वैशाख १५ गते अभिभावक अभिमुखीकरण कार्यक्रमको आयोजना गर्यो। कक्षा २ देखि ४ सम्मका अभिभावकहरुलाई अभिमुखीकरण गरिएको उक्त कार्यक्रम विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिको सभापतित्वमा सम्पन्न भएको थियो। विशेष गरेर शैक्षिक सत्र २०८० लाई उत्कृष्ट तथा गुणस्तरिय शैक्षिक वर्ष बनाउन विद्यालयका योजना ,नीति तथा अभिभावक अन्तरक्रिया कार्यक्रम समेत राखिएको उक्त कार्यक्रममा स्वागत मन्तव्य सहित कार्यक्रमको उद्देश्य बारे विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले प्रकाश पार्नुभयो। कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले आजको एक्काइसौं शताब्दीमा युग सुहाउँदो, बाैदिक विकास गर्ने ,विद्यार्थीको सर्वांगीण विकासलाई टेवा दिने, व्यावहारिक, जीवनपयोगी र गुणस्तरीय शिक्षाका लागि अभिभावकको सहकार्यमा विद्यालय फरक ढंगले अगाडि बढिरहेको र संसारभर टिक्न र बिक्न सक्ने जन शक्ति उत्पादन गर्न विद्यालयको उद्देश्य अनुरुप बालमैत्री, प्रविधिमैत्री सुरक्षित ,शारीरिक र मानसिक विकास गर्ने कार्यक्रम ल्याएर सोहीअनुसार शिक्षा प्रदान गर्दै आएको विषयमा प्रकाश पार्नुभयो ।अभिभावकको उत्साहजनक उपस्थिति रहेको उक्त कार्यक्रममा icmas प्रतिनिधि , इन्सुरेन्समा प्रतिनिधि smart learning का प्रतिनिधि तथा अभिभावकहरुले आफ्नो धारणा समेत राख्नुभएको थियो।