टाईम पास . सन्दर्भ : सीता नवमी


बैशाख १६, २०८०, शनिबार | दिउँसो १२:४२ बजे | 5


टाईम पास . सन्दर्भ : सीता नवमी

हिन्दू धर्मावलम्बीहरुको भगवान वा प्रगैतिहासिक कालका अयोध्याका राजा श्रीरामको पत्नी सीता । यो इतिहास नभएर मिथक भएपनी सीताजीको बारेमा प्रायः सबै लाई जानकारी नै छ । त्यसैले वहाँको चर्चा धेरै गर्दिन। सीताजी लाई पनि कतिपय हिन्दूहरुले सतिको श्रेणीमा राखेको पाइन्छ । सीताजी महाभारत कि सती द्रोपदी जस्ती जुझारु नभए पनि सुन्दर , ज्ञानी , त्यागी र स्वभिमानी हुनुहुन्थ्यो । एकपटक हनुमानजीले लंका दहन गरेपछी सीताजी सङ भेटमा " म सङ मेरो काँधमा चढेर हिंड्नु होस माता । श्री रामजी हजूरको खोजखबर र प्रतीक्षामा जङ्गलमा हुनुहुन्छ, म त्यहाँ पुर्याइ दिन्छु , यो रावणले मलाइ रोक्न सक्तैन " भन्दा सीताजीले " अहिले होइन हनुमान । श्री रामजी आएर यो पापी रावण लाई उसको पापको सजाए गरे पछी मात्र म वहाँ सङ फर्किन्छु । अहिले तिमी सङ फर्किए भने मेरो पतिको इज्जत रहदैन , त्यसकारण तिमी अहिले एक्लै फर्क " भन्नू भएको कुरा राम कथाको प्रसङ्गमा भेटिन्छ । त्यस्तै श्रीराम जङ्गल जाने बेलामा तपाइँ जङ्गल जानु हुँदैन , यो कैकइ माताको तपाईं लाई सत्ता नदिने नाजायज कुरा र षडयन्त्र हो भनेर पनि श्रीराम सङ जङ्गल नजान अनुरोध गरेको कुरा पनि वाल्मीकि रामायणमा छ अरे भन्ने मैले कतै पढेको हुँ । त्यस्तै लव कुश जन्मिए पछी श्रीरामले म सङ अयोध्या हिंड् भन्दा वहाँ अयोध्या जान मान्नु भएन र जङ्गलमा नै बसी पछी धरतीमा समाहित हुनु भयो । यसरी वहाँले श्री रामको पनि सबै कुराहरु मानेको देखिदैन र आफ्नो अडान राखेको पाइन्छ । यसरी त्रेता युगको सीता र द्वापर युगको द्रोपदी यी दुवै नारीले धेरै दु:खहरु सहन गरि आफ्नो ब्यक्तिगत स्वतन्त्रता र स्वभिमान लाई जिवित राखेको पाइन्छ । द्रोपदी वाचाल हुनुहुन्थ्यो भने सीता मौन भए पनि आफ्नो अडान छोड्नु हुन्न थियो। द्रोपदी अग्नि बाट उत्पन्न हुनु हुन्थ्यो भने सीता पृथ्वी बाट। त्यसैले द्रोपदी जुझारु हुनुहुन्थ्यो भने सीता सहनशिल स्वभिमान ब्याक्तित्वको। तर यी दुवै नारीहरुको कारणले ती काल खण्डहरुमा भयानक युद्धहरु भएको भने पाइन्छ । यसो हेर्दा यी दुवै नारीहरुको जिद्दीले गर्दा यी दुई भयानक युद्धहरुमा व्यापक जनधनको क्षती भएको पनि देखिन्छ । त्यो बेला लक्ष्मण लाई सिताले सुनको मृगको पछाडि जिद्दी गरेर न पठाएको भए साथै लक्ष्मणले कोरेको रेखा नाधी जोगीको भेषमा आएको रावण लाई भिख नदिएको भए सीताजी लाई रावणले हरण गर्ने थिएन । त्यस्तै पाण्डवको निम्तोमा उनिहरुको दरवारमा दुर्योधन निम्तो मान्न गएको बेला झुक्किएर लडदा द्रोपदी हाँसेर अन्धोको छोरा पनि अन्धो न भनेको भए शायद महाभारत युद्ध हुँदैन थियो होला । दुर्योघन लाई यो कुरा मनमा गडेर नै द्रोपदी सङ बदलाको भावना राख्दा महाभारत युद्ध हुन गएको हो भन्नेहरु पनि छन। धेरै के लेखुँ । सीता नवमीमा सबै लाई शुभकामना । सबैको जय होस। इति

फाेटाेमा हेर्नुहाेस्...

टाईम पास . सन्दर्भ : सीता नवमी

Comments