अपाङ्ग
बैशाख १५, २०८०, शुक्रबार | विहान ०३:५८ बजे | 10
बलराम खवास 'सिर्जन' म र ममि घुम्नको लागी निस्कियौ बस पार्क अलि परैथियो। हामि मिठामिठाकुरा गर्दै बस भएको ठाउमा जादै थियौ त्यसै क्रममा एकजना व्यक्ति हातमा छडी लिएर हामि अघि अघि हिड्दै थिए । हामि बोलेको सुनेर ति व्यक्ति टक्क त्यहि रोकिए र भने टाढाको यात्रा हो कि के हो हजुर ? ममीले भन्नु भयो हजुर हामि घुम्न जानको लागि बस चढ्न जान लागेको । त्यसपछि उ पनि बस चढेर कहिँ जाना लागेको बताए ।(केहि बेरमा हामि बस पार्क पुग्यौ ।)बसमा चढ्ने क्रममा अन्धो व्यक्तिले गाडी सहचालकलाइ आवश्यक गन्तव्यको बारेमा सोधे मैले उनलाई बसमा चढ्न मद्दत गरे र बस्न सिट दिए तर उनको प्रश्नले म छक्क परे उनी भन्दै थिए "पछाडि पो बस्न पुग्यौ कति भीड ? बस?" है मैले सोधे “हामी बसको पछाडिपट्टि चढिरहेका छौं भनेर कसरी थाह पाउनु भयो ?” उनले जवाफ दिए "बसको साइलेन्सरबाट डिजेल र तातो हावाको गन्ध बुझेको छु मैले ।” केही बेरपछि घाम घट्दै गएकाले आज पानी पर्ने उनले बताए । ममीले सोध्नुभयो "तपाइले कसरि अनुमान गर्न सक्नुहुन्छ ?" उनले जवाफ दिए, "म सूर्यको किरण र हावाको स्पर्शले मौसम कस्तो छ भनेर महसुस गर्न सक्छु"। आफ्नो छैठौं इन्द्रियको विकास गर्न खोजिरहेको र गन्तव्यको बाटो लामो छ भन्ने बुझ्दै गर्दा मैले उनीबाट केही जान्न उत्सुकता देखाए मैले उसलाई सोधे, "म तपाइको बारेमा जान्न चाहन्छु किनकी तपाइँ अन्धोपन बाहेक एकदमै बुद्धिमान मानिस हुनुहुदो रैछ ।"त्यसपछि दृष्टिविहीनले भने, "म दृष्टिविहीनहरूको संगीत शिक्षक हुँ । म जन्मजात अन्धो थिइनँ, ।कार दुर्घटनामा मेरो दृष्टि गुमाएँ। मैले एक दृष्टिविहीन प्रशिक्षकबाट तालिम लिएँ र अब म कमाउन र मेरा छोराछोरी र बुढी आमासँग सुखी जीवन बिताउन सक्षम छु । मैले फेरी थपे अनि श्रीमती ? उनले भने" मेरी श्रीमतीको त्यहि दुर्घटनामा मृत्यु भयो। " फेरि ममीले सोध्नुभयो, “आफ्नो दृष्टि हराएकोमा तपाईलाइ धेरै दुःख लाग्छ होला है ?” उनले जवाफ दिए लाग्दैन जे नहुनु भैसक्यो हस्पिटल पनि गएकै हो ठिक भएन अब यसलाई स्वीकार गरेर खुशी भएर जिन्दगि कटाउन बाहेक अरु बिकल्प छैन। दु:ख मानेर मेरो ज्योति फिर्ता आउदैन बरु उल्टो म अन्य रोगको शिकार हुन्छु त्यसैले चिन्ता,दुख केही लाग्दैन । बल्ल बल्ल पाएको मानव चोला सानो समस्या आइ परो भनेर किन दुखि हुनु मेरा देख्न सक्ने आखाका नानीहरु पो बन्द छन् त मेरो श्वास त बन्द भएको छैन नि ।म खुसि छु किनकि म जिउदो छु बाहिरि आखाले भौतिक चिजहरु नदेखेनी मेरो मनको आखाले यो सारा जगत देखिरहेको छ भगवानले सबैलाई मद्दत गर्नुहुन्छ किनभने भगवानले अपाङ्गता भएकाहरूलाई झन् विशेष शक्ति दिन्छन्। कहिलेकाहीँ बरु सामान्य मानिसले कुनै न कुनै समस्याको सामना गर्दा आफ्नो शक्ति गुमाउँन सक्छन तर हामि .......(उनि मुस्कुराए)। बाल्यकालमा दुर्घटनाका कारण आँखाको ज्योति गुमाएका लुइस ब्रेलले दृष्टिविहीनहरूका लागि ब्रेल लिपि आविष्कार गरेका थिए जसले हामीलाई सामान्य मानिस जस्तै शिक्षित बनाउँछ। मेरो आमा र साना दुई छोराछोरीको जिम्मेवारीछन् । यदि मैले आफ्नो शक्ति गुमाए भने, म कसरी कमाउन र तिनीहरूको हेरचाह गर्न सक्छु भन्नुस त?" उनले थप्दै गए रमेस प्रसाई जो आखा देख्दैनन,झमक घिमिरे शारीरिक रुपमा कमजोर छिन,तपाइहरुले सुन्नुनै भएको होला वैज्ञानिक स्टीफन हकिंग जसको शरीर पूर्ण रुपमा निर्जीव थियो तर मस्तिष्क भने सामान्य मान्छे भन्दा धेरै गुणा शक्तिशाली थियो । यिनीहरु त केहि उदारहण व्यक्ति मात्र हुन् यस्ता कयौ अपांग मान्छेहरु छन् जसले सामान्य मान्छेले गरे सरह गर्न सक्छन र गरेका पनि छन् । जब सम्म हाम्रो मस्तिष्कले र आत्मविश्वासले साथ दिन्छ काम गर्छ तब सम्म हामि आफुलाई अपांग छौ भनेर महसुस गर्दैनौ ।अपांग व्यक्ति शारीरिक रूपमा अपाङ्ग मात्रै हो, मानसिक रूपमा अपांगता होइन ।" उनको यो कुरा सुनेर ममी र म स्तब्ध भयौ ।उनको कुरा सुन्दै कति खेर हाम्रो गन्तव्य आइसकेछ थाहानै पाएनौ ।उनको गतव्य भने अझ केहि किलोमिटर बाकि थियो । हामि उनि सग बिदा माग्यौ र बस बाट ओर्लियौ ।हाम्रो मनमा अपांगहरु प्रति सहानुभूति हैन उनीहरु प्रति इज्जत र सम्मानको भाव प्रकट भयो। हाम्रो समाजमा अपाङ्गता भएका व्यक्तिहरूलाइ सधैं अरुको निर्भरतामा बाच्ने प्राणि ठानिन्छ । उनीहरूलाई नैतिक रूपमा कसैले समर्थन गर्न चाहँदैन। तर तिनीहरू दया र सहानुभूतिको पात्र मात्रै होइनन्, तिनीहरू हाम्रो समाजको महत्त्वपूर्ण भाग बन्न सक्छन्। त्यसैले हामीले तिनीहरूलाई सामान्य मानवको रूपमा मान्नुपर्छ। उनीहरु शारीरिक रुपमा अपांग भएनी मानसिक रुपमा कोइ भन्दा कम हुदैनन् । उनीहरु शारीरिकर र मानसिक रुपमा तब अपांग हुन्छन जब सामान्य मान्छेहरु उनीहरुलाई अवसर दिदैन् साथै उनिहरु माथि जोक गर्छन,जिस्काउछ्न अनि हेप्छन ।शारीरिक रूपमा अपांगताहरू सधैं अपाङ्ग हुँदैनन् उनीहरु त सामान्य मानिसहरूलाई प्रेरणा स्रोत पनि बन्न सक्छन्।