मन्टेशरी एजुकेशन स्कुलको वार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न


चैत २८, २०७९, मङ्गलबार | दिउँसो ०३:३७ बजे | 20


मन्टेशरी एजुकेशन स्कुलको वार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न

भक्तपुर सूर्यविनायक स्थित मन्टेशरी एजुकेशन स्कुलको वार्षिकोत्सव एवं अभिभावक दिवस २०७९ सूर्यविनायक नगरपालिकाका उपप्रमुख श्री सरिता भट्टराईको प्रमख आतिथ्यतामा हिजो एक समारोहका विच पानसमा दिप प्रज्वलन गरि समुद्घाटन गर्नु भयो । उक्त कार्यक्रममा प्रमुख अतिथिबाट विद्यार्थीहरु राम्रो हुनका लागी विद्यालय र शिक्षकबाट मात्र नभई अभिभावकहरुको भूमिका अपरिहार्य हुने र अभिभावक स्वयंम चनाखो हुनु पर्ने कुरा बताउनु भयो । साथै उहाँले मन्टेशरी स्कुलमा पढने नानीहरु हेर्दा अहिले नै केहि गरिहाल्ने जस्ता देखिएकोमा साह्रै खुसी लागेको र उहाँहरुलाई पठन पाठन गराउनुहुने शिक्षिकाहरु पनि सोहि अनुरुप नै देखेको कुराहरु राख्नु भएको थियो । सो कार्यक्रममा उहाँले विद्यालयका विद्यार्थी भाई बहिनीहरुका हजुरबुबा मध्ये जेष्ठ हजुरबुबामा कक्षा नर्सरीका सौर्य प्रजापतिका हजुरबुबा श्री ब्रम्हरत्न प्रजापति र हजुरआमा मध्ये कक्षा प्लेग्रुपका विकेश किसीका हजुरआमा श्रीमति आशाथुकु किसीलाई जेष्ठ अभिभावकको रुपमा सम्मान गरिएको थियो ।साथै उहाँले कक्षा एस.के.जी.का विद्यार्थीहरुलाई दिक्षित गर्नु भयो भने सो कार्यक्रममा विद्यालयका प्रिन्सिपल मंगला प्रजापति र विद्यालय संचालक समितिका अध्यक्ष अच्युत प्रजापतिबाट दिक्षित विद्यार्थीहरुलाई टोपी र गाउन लगाईदिनु भएको थियो । सोहि समारोहमा विद्यालयका शिक्षिकाहरु मध्ये यस बर्षको वर्ष शिक्षक – २०७९ बन्न सफल शिक्षिका श्री सुमित्रा माकलाई सम्मान गर्नु भएको थियो । कार्यक्रममा विद्यालयका एजुकेनल इन्चार्ज गीता शिलाकारबाट स्वागत मन्तव्य दिनु भएको थियो भने विद्यालयका प्रिन्सिपल मंगला प्रजापतिले विद्यालयबाट शै.व.२०७९ मा भए गरेका विभिन्न कार्यक्रमहरु एवं क्रियाकलापहरुका बारेमा प्रतिवेदन पेश गर्नु भएको थियो ।उक्त कार्यक्रममा  किकम्पा मन्टेशरीका प्रिन्सिपल राजेश लाखा,अभिभावकहरु रत्न सुन्दर हाकुदुवाल र सिता दुमरुकिसीबाट पनि आ–आफ्ना भनाईहरु राख्नु भएको थियो । उक्त कार्यक्रममा विद्यालयका विद्यार्थी भाईबहिनीहरुले विभिन्न साँस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गर्नुका साथै शिक्षक एवं अभिभावकहरुका विविध प्रस्तुतिहरु प्रस्तुत गरिएका थिए । विद्यालय संचालक समितिका अध्यक्ष अच्युत प्रजापतिको सभापतिमा सम्पन्न उक्त कार्यक्रममा, आफ्नो मन्तव्यमा उहाँले विद्यालयबाट शैक्षिक उन्नयनका लागी गरिरहेका विविध कार्यहरु लगाएत आगामी शै.व.२०८० विद्यालयबाट गर्न लागेका कार्यहरुको संक्षिप्त जानकारी गराउनु भयो । साथै उहाँले शै.व.२०७९ बाट विद्यार्थीहरुको सर्वागिंण विकासको लागी र अनुशासित भविष्यका कर्णधार निर्माणका लागी स्काउटिंग शिक्षालाई शुरु गर्नु भएको र हाल विद्यालयमा ३५ जना साना साना नानीहरुलाई स्काउट शिक्षा प्रदान गर्दै आएको जानकारी दिनु भयो ।साथै उहाँले हाल विद्यालयमा सामाजिक उत्तरदायित्व अन्तर्गत जन्मदिन कोष स्थापना भएर विद्यार्थीहरुले आफ्नो जन्मदिनको अवसर पारेर सक्दो आर्थिक सहयोग वापट रकम जम्मा भईरहेको र सो रकम एक अनाथालयमा सहयोग गर्ने समेत जानकारी दिनु भयो ।साथै उक्त कार्यक्रमको आकर्षणका रुपमा नेपाली लोक संगीतका ख्याती प्राप्त कलाकार द्वव श्री अमृत खाती र उमा श्रेष्ठले आ–आफ्नो गीत प्रस्तुत गरी मनोरञ्जन प्रदान गर्नु भएको थियो ।

Comments