माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) को बागमती प्रदेश अधिवेशन सम्पन्न
चैत २६, २०७९, आइतबार | विहान ११:१६ बजे | 5
काठमाडौं । माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) को बागमती प्रदेशको प्रथम अधिवेशन शनिवार ललितपुर जिल्ला ग्वार्खुस्थित सनराइज क्याफेमा सम्पन्न भएको छ । हिस्टुन नेपालका केन्द्रीय अध्यक्ष जीवराज सुवेदीले पानसमा दीप बालेर उद्घाटन गरेको उक्त अधिवेशनबाट १५ सदस्यीय बागमती प्रदेश समिति गठन गरेको छ ।
प्रमुख अतिथि सुवेदीले कक्षा ११–१२ को कक्षा सुरु गरेको तीन दशक नाघिसक्दा पनि सरकारले यस तहका शिक्षकहरुको व्यवस्थापन गर्न नसक्नु आफैमा अचम्मको विषय भएको सुरुका समयमा यस तहमा बसेर काम गर्ने धेरै शिक्षकहरु खाती हात नै अवकासमा गइसकेको प्रसंगमाथि प्रकाश पार्नुभएको छ । अहिले निर्वाचनपछि नयाँसरकार आएको छ र शिक्षा ऐन संशोधन गर्ने तयारीमा छ यस अवस्थामा यस हिस्टुनको प्रदेश अधिवेशन हुनु र आगामी बैशाख १६–१७ गते हुने केन्द्रीय अधिवेशन हुनु आफैमा महत्वपूर्ण रहेको छ भन्नु हु“दै जेष्ठ १५ गते प्रस्तुत् हुने बजेटमै यस तहका शिक्षकहरुको व्यवस्थापनका निम्ति सम्बोधन गराउने तयारी रहेको बताउनुभयो ।
कार्यक्रममा हिस्टुन अध्यक्ष मण्डलका सदस्य एवं वरिष्ठ शिक्षक पुष्प नेपालीले यस तहका एकजना शिक्षकले विद्यालयसंग एक हप्ताको विदा लिएर विहेबारी सम्पन्न गरी विद्यालयमा फर्कन्दा उसलाई जागिरबाट निकालेको घटनाबाट यस तहका शिक्षकहरुको आन्दोलनको सुरुवाट भएको प्रसंग कोट्याउँदै शिक्षकहरुको पेशागत हकहित, स्थायित्व निम्ति नै हिस्टुनको स्थापना भएको र अब यस तहका शिक्षकहरु चुप लागेर बस्ने छैन । देशमा लोकतन्त्र र गणतन्त्र आएर पनि यस तहका शिक्षकहरु शोषणको चपेटामा परिरहेको, राज्यले सम्मानित मार्यादाक्रम घोषणा गर्दा पनि विद्यालयमा उचित स्थान नदिनु विडम्बना नै हो । अब आन्दोलनका कार्यक्रमहरु अगाडि बढाउनुको विकल्प छैन भन्नु हुँदै यसको समस्या समाधानका लागि पेश भएको फाइल मन्त्रालयका एक जना सह सचिवस्तरको कर्मचारीले लुकाएर विषयलाई अगाडि बढ्न नदिने षडयन्त्र समेत भएको पनि बताउनुभयो । भ
त्यस्तै कार्यक्रममा हिस्टुनका महासचिव टिका प्रसाद न्यौपानेले २०६१ सालमा स्थापना भएको हिस्टुनले विभिन्न समयमा विभिन्न किसिमका कार्यक्रमहरु सम्पन्न गरेको र यो संगठन अब देशव्यापी रपमा फैलिसकेको छ अब बजेट मार्फत समस्या समाधान गराइ शिक्षक हितकोष खडा गराउने,सामाजिक सुरक्षा कोष व्यवस्था गराउनुका साथै यथासम्भव शिघ्र स्थायी प्रकृयामा लान आवश्यक दबाब कार्यक्रम ल्याउने धारणा राख्नुहु“दै आफ्ना लागि आफै केही गर्नु पर्छ भन्ने भावनाले सबै शिक्षकहरु एक भएर आन्दोलनमा हातेमालो गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा बागतमती प्रदेशका १३ वटै जिल्लाको प्रतिनिधिहरुको सहभागिता रहनुका साथै सबै जिल्लाहरुको शैक्षिक स्थिति तथा यस तहका शिक्षकहरुको अवस्था सहितका प्रतिवेदनहरु प्रस्तुन् गरेका थिए ।
हिस्टुनका केन्द्रीय उपाध्यक्ष कल्पना पनेरुको सभापतित्वमा सम्पन्न उक्त हिस्टुन प्रथम बागमती प्रदेश अधिवेशनबाट मकवानपुर जिल्लाका शिक्षक रामशरण पौडेलको अध्यक्षतामा १५ सदस्य हिस्टुन बागमती प्रदेश समिति गठन भएको छ ।
शनिबारै सोही स्थानमा हिस्टुन काठमाडौं उपत्यका स्तरको पनि अधिवेशन भएको थियो । उक्त अधिवेशनबाट काठमाण्डौंका शिक्षक सुमन गौतमको अध्यक्षतामा ९ सदस्यीय हिस्टुज काठमाडौं उपत्यका समिति पनि गठन भएको छ ।