सेफ नेपालद्वारा आयोजित चित्रकला प्रतियोगिताको भाद्र २५ ग्राण्ड फिनाले
भदौ २२, २०७७, सोमबार | विहान ०८:०१ बजे | 25
काठमाडौं । सेफ नेपालले चित्रकला वर्कसप आयोजना गरेको छ । चित्रकला वर्कसपमा सहभागी जनाएकाहरूले यहि भाद्र २५ गते चित्र प्रतियोगिताको कार्यक्रमको ग्राण्ड फिनाले हुने सेफ नेपालका सभापति श्रेय अगस्तीले बताए ।
सेफ नेपालद्वारा आयोजित “राष्ट्रिय स्तर चित्रकला प्रतियोगिता“ तीन राउण्डमा सम्पन्न गरिने छ। जसमा पहिलो राउण्ड गत साता पूर्ण भएको छ दोश्रो राउण्ड पनि केहि दिनमै सम्पन्न भएर २५ भाद्रमा ग्राण्ड फिनाले हुनेभएको हो । सेफ नेपालले उत्कृष्ट ३ विजेतालाई उचित पुरस्कारले सम्मान गर्ने जनाएको छ ।
संस्थाले विगत केहि महिनाभित्र चार वटा कार्यक्रम गरिसकेको छ जसमा वक्तृत्वकला प्रतियोगिता, मोटिवेसनल सेमिनार, योगा सेसन विथ सेफ आदि छन् ।
सेफ नेपाल (भ्वाइस अफ युथ एउटा स्वयंसेवी संस्था हो जसले समाजमा घटित विकृति र विसंगतीबारे आवाज उठाउँदै आएका छन् । साथै महिला र युवा जनशक्तिलाई उजागर गर्न लागि परेको छ। । यस संस्थाका संस्थापक साक्षी अगस्ती, उप(संस्थापक र सभापति श्रेय अगस्ती, अध्यक्ष युलान यादव, को(ओर्डिनेटर सुजेन कार्की , म्यानेजर प्रनिशा डंगोल र स्वयंसेवी प्रमुख सुभम लुइंटेल रहेका छन् । संस्थाले विशेषतः युवा र महिलाको हितमा काम गर्दै आएको छ । कोविड (१९ को यो महामारीको अवस्थामा अनलाइन भरच्युअल कार्यक्रम गर्दै आएको छ ।