विनायकद्वारा विदाइ- बधाई तथा नवाै राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक बिजेता लाइ सम्मान


चैत १८, २०७९, शनिबार | विहान १०:२५ बजे | 45


विनायकद्वारा विदाइ- बधाई तथा नवाै राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक बिजेता लाइ सम्मान

मध्यपुर ठिमी भक्तपुर

कला-संस्कृतिाे संरक्षण, पठनपाठन तथा अतिरिक्त क्रियाकलापको क्षेत्रमा उत्कृष्टताको धरोहर विनायक शिक्षा निकेतन ई स्कुल मध्यपुर ठिमीले यही चैत्र 18 गते कक्षा 12 मा उतिर्ण विद्यार्थीहरूको सम्मानमा बधाई- विदाई तथा शुभकामना कार्यक्रमको आयोजना गर्यो। मध्यपुर थिमि नगरपालिकाका उपमेयर विजयकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश राम लाछीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा वडा नम्बर 6 का वडाध्यक्षको ज्ञानदास प्रजापति, मध्यपुर ठिमी शाखा शिक्षा प्रमुख ज्ञानेन्द्र भट्ट ,हिसान भक्तपुरका अध्यक्ष अनिल कसपाल, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु रुकेश प्रजापति ,सन्तकुमार प्रजापति र विद्यालयका सहायक प्रिन्सिपल प्रेम प्रसाद निरौला वक्ताका रुपमा रहनु भएको थियो ।कार्यक्रमको उद्देश्य तथा स्वागत मन्तव्य राख्दै विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले शिक्षा चेतना प्रवाह गर्ने साधन र माध्यम भएकाले पठनपाठनका माध्यमका साथै साथै अतिरिक्त क्रियाकलापका क्षेत्रमा विद्यालयले राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा आफ्नो छुट्टै पहिचान कायम गर्न सकेको र शैक्षिक क्षेत्रमा आफ्नो विशिष्ट पहिचान राखिसकेको कुरा बताउनुभयो ।विद्यालयका प्लस टु संयोजक तुलसीहरि प्रजापतिले संचालन गर्नु भएको उक्त कार्यक्रममा प्रमुख अतिथि विजयकृष्ण श्रेष्ठले आजका विद्यार्थी भोलिका यस देशका कर्णधार भएकाले देशभक्त र राष्ट्रप्रेमी बन्नुपर्ने तथा आफ्नो श्रम र सीप आफ्नै देशमा खर्चने सोच लिएर अगाडि बढ्न सुझाव दिनुभयो। त्यस्तै शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र भट्टले विद्यालयले विद्यार्थीको सर्वाङ्गीण विकासका क्षेत्रमा दिएको योगदानको प्रशंसा गर्दै अझ अगाडि बढ्न सुझाव शुभकामना दिनुभयो । कार्यक्रममा कक्षा 12 उतीर्ण विद्यार्थीहरुलाई मायाको चिनाेसहित विदाई गरिएको थियो भने नवाै राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक र कास्य पदक प्राप्त गर्ने विनायकका विद्यार्थीहरु जेनिशा थापा, प्रकृती थापा मगर , सुमन तामाङलाई नगद पुरस्कार रु 15 हजारसहित सम्मान गरिएको थियो भने राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा स्वर्ण तथा रजत पदक प्राप्त गर्ने विद्यार्थीहरुलाई समेतमायाकाे चिनाे सहित सम्मान गरिएको थियो। साथै प्लसटुमा सर्वोत्कृष्ट ल्याउने छात्रा रितिका श्रेष्ठलाई तुइलमाया- तुइकाजी प्रतिभा पुरस्कारद्वारा सम्मानित गरिएको थियो भने गायिका यसैविद्यालयकी विद्यार्थी इन्द्रकला राई लाइ समेत सम्मान गरिएको थियो। उक्त कार्यक्रममा हाल अध्ययनरत विद्यार्थीहरुले सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । मध्यपुर ठिमी भक्तपुर कला-संस्कृतिाे संरक्षण, पठनपाठन तथा अतिरिक्त क्रियाकलापको क्षेत्रमा उत्कृष्टताको धरोहर विनायक शिक्षा निकेतन ई स्कुल मध्यपुर ठिमीले यही चैत्र 18 गते कक्षा 12 मा उतिर्ण विद्यार्थीहरूको सम्मानमा बधाई- विदाई तथा शुभकामना कार्यक्रमको आयोजना गर्यो। मध्यपुर थिमि नगरपालिकाका उपमेयर विजयकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश राम लाछीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा वडा नम्बर 6 का वडाध्यक्षको ज्ञानदास प्रजापति, मध्यपुर ठिमी शाखा शिक्षा प्रमुख ज्ञानेन्द्र भट्ट ,हिसान भक्तपुरका अध्यक्ष अनिल कसपाल, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु रुकेश प्रजापति ,सन्तकुमार प्रजापति र विद्यालयका सहायक प्रिन्सिपल प्रेम प्रसाद निरौला वक्ताका रुपमा रहनु भएको थियो ।कार्यक्रमको उद्देश्य तथा स्वागत मन्तव्य राख्दै विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले शिक्षा चेतना प्रवाह गर्ने साधन र माध्यम भएकाले पठनपाठनका माध्यमका साथै साथै अतिरिक्त क्रियाकलापका क्षेत्रमा विद्यालयले राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा आफ्नो छुट्टै पहिचान कायम गर्न सकेको र शैक्षिक क्षेत्रमा आफ्नो विशिष्ट पहिचान राखिसकेको कुरा बताउनुभयो ।विद्यालयका प्लस टु संयोजक तुलसीहरि प्रजापतिले संचालन गर्नु भएको उक्त कार्यक्रममा प्रमुख अतिथि विजयकृष्ण श्रेष्ठले आजका विद्यार्थी भोलिका यस देशका कर्णधार भएकाले देशभक्त र राष्ट्रप्रेमी बन्नुपर्ने तथा आफ्नो श्रम र सीप आफ्नै देशमा खर्चने सोच लिएर अगाडि बढ्न सुझाव दिनुभयो। त्यस्तै शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र भट्टले विद्यालयले विद्यार्थीको सर्वाङ्गीण विकासका क्षेत्रमा दिएको योगदानको प्रशंसा गर्दै अझ अगाडि बढ्न सुझाव शुभकामना दिनुभयो । कार्यक्रममा कक्षा 12 उतीर्ण विद्यार्थीहरुलाई मायाको चिनाेसहित विदाई गरिएको थियो भने नवाै राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक र कास्य पदक प्राप्त गर्ने विनायकका विद्यार्थीहरु जेनिशा थापा, प्रकृती थापा मगर , सुमन तामाङलाई नगद पुरस्कार रु 15 हजारसहित सम्मान गरिएको थियो भने राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा स्वर्ण तथा रजत पदक प्राप्त गर्ने विद्यार्थीहरुलाई समेतमायाकाे चिनाे सहित सम्मान गरिएको थियो। साथै प्लसटुमा सर्वोत्कृष्ट ल्याउने छात्रा रितिका श्रेष्ठलाई तुइलमाया- तुइकाजी प्रतिभा पुरस्कारद्वारा सम्मानित गरिएको थियो भने गायिका यसैविद्यालयकी विद्यार्थी इन्द्रकला राई लाइ समेत सम्मान गरिएको थियो। उक्त कार्यक्रममा हाल अध्ययनरत विद्यार्थीहरुले सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

Comments