एकैचोटी धेरै शुल्कबृद्धि गर्ने स्कुलहरुमाथि कारबाही गर्न माग


चैत १५, २०७९, बुधबार | दिउँसो १२:५३ बजे | 40


एकैचोटी धेरै शुल्कबृद्धि गर्ने स्कुलहरुमाथि कारबाही गर्न माग

भक्तपुर, १५ चैत । अभिभावक संघ नेपाल भक्तपुर जिल्ला समितिका अध्यक्ष रामकृष्ण प्रजापतिको नेतृत्वमा मध्यपुर नगरपालिकामा रहेको विद्यालयहरु नियम प्रकुया नपु¥याई शुल्क बृद्धि गरेकोले मध्यपुर नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख विजय कृष्ण श्रेष्ठलाई प्रतिनिधि मण्डलले भेटघाट गर्यो । 
भेटघाटमा प्रमुख सुरेन्द्र श्रेष्ठले विद्यालयहरुले शुल्क बृद्धि गरेको गुनासो आएपछि सबै शुल्क माग गरेपनि नबुझाएको बताउनुभयो । उहाँले विद्यालय संचालन र शुल्क निर्धारण बारे प्रकृयाहरु जानकारी नभएकोले अव तुरुन्तै शिक्षा समितिको बैठक बसेर शिक्षा एैन कानुर नियमावाली अनुसार संचालन गराउन र कानुनी प्रकृया, नियमसंगत संचालन बारे गराउन पहल गर्ने बताउनुभयो । उहाँले शिक्षा समितिमा बस्न हानथाप हुने बताउँदै आवश्यक परे शिक्षा समितिलाई पनि आमन्त्रण गर्न छलफल गर्ने बताउनुभयो । उहाँले मातृभूमि स्कूलमा पाँच पाँच हजार बढाएको सुनेको बताउँदै एकैचोटी धेरै बढाउन नदिने र भौतिक पूर्वाधार र सुविधा अनुसारको शुल्क निर्धारणको लागि छलफल चलाउने बताउनुभयो । 
उपप्रमुख विजयकृष्ण श्रेष्ठले विना स्विकृति संचालन गरेको विद्यालयहरु समेत अहिले स्विकृतिको लागि आएकोमा अन्यौल रहेको र बैज्ञानिक शुल्क निर्धारणको लागि पहल गर्ने बताउनुभयो । उहाँले समुदाय विद्यालयक राम्रो बनाएर संस्थागत विद्यालयलाई विस्थापित गर्नुपर्ने बताउँदै स्थायी शिक्षकहरु राजनीतिमा भन्दा शिक्षकको कर्तव्यमा ध्यान नदिँदा समुदायक विद्यालय अस्थायी शिक्षकहरुले थामिरहेको बताउनुभयो ।
कार्यक्रममा अभिभावक संघ नेपाल भक्तपुर जिल्ला समितिका अध्यक्ष रामकृष्ण प्रजापतिले नियम कानुन मिचेर शुल्क बृद्धि गर्ने विद्यालयलाई शुल्क बृद्धि रोकी कार्यवाही गर्नुपर्ने बताउँदै मन्दिको विषयमा शुल्क बृद्धिले अभिभावकको ढाड सेक्ने कार्य हुने बताउनुभयो । उहाँले शिक्षा शाखाका प्रमुखले शुल्क निर्धारण नभएको र चाँदै नै शिक्षा समितिको बैठक बसी शुल्क निर्धारण गर्ने भनेकोले अभिभावकलाई मार हुने गरी शुल्क बृद्धि रोक्न अनुरोध गर्नुभयो । उहाँले अभिभावकहरु शिक्षाको सरोकारवाला भएकोले शिक्षा समिति र शुल्क निर्धारण समिति राख्न वा आमन्त्रण गर्न अनुरोध गर्दै अभिभावकका समस्याहरु अभिभावकहरुले नै थापा पाउने भएकोले अभिभावकहरुसंग सम्बन्धित हरेका विषयमा सरोकारवाला राखेर छलफल गरे सकारात्मक संदेश जाने बताउनुभयो । उहाँले व्यक्तिभन्दा संस्थागत प्रतिनिधित्व र संस्थागत निर्णय प्रभावकारी हुने बताउँदै अभिभावकहरुलाई अप्ठ्यारो हुने हरेक समस्यामा संघर्षको लागि उभिने बताउनुभयो । 
उक्त प्रतिनिधि मण्डलमा अभिभावक संघ नेपाल भक्तपुर जिल्ला समितिका बरिष्ठ उपाध्यक्ष राम सुवाल, सचिव आशराम सुवाल, सह सचिव राजकुमार लघु, कोषाध्यक्ष कृष्णप्रसाद दुमरु र अभिभावक रत्न प्रजापतिले अभिभावकहरुको समस्या, विद्यालयको विकृति, विसंगति र अनियममिता बारे बोल्नु भएको थियो ।

Comments