वागीश्वरीमा विद्यालय–प्रहरी समिति गठन
चैत ८, २०७९, बुधबार | विहान १०:३३ बजे | 40
भक्तपुर, ८ चैत्र
वागीश्वरी माध्यामिक विद्यालयमा समुदाय–प्रहरी साझेदारी अन्तर्गत विद्यालय–प्रहरी सम्पर्क समिति प्रधानाध्यापक कृष्ण प्रसाद धन्छाको संयोजकत्वमा दश सदस्यीय नया“ समिति गठन गरिएको छ ।
विद्यालयमा २०७५ सालमा पनि यस्तो समिति गठन गरिएको स्मरण गर्दै प्रधानाध्यापक धन्छाले नया“ गठीत समितिले अझ सक्रियताका साथ काम गर्ने प्रतिवद्धता जनाउनुभयो । अपराध रोकथाम, सामाजिक विकृति विरुद्ध जनचेतना फैलाउने, सुरक्षा व्यवस्थापनमा जनसहयोग गर्ने नेपाल प्रहरी र स्थानीय संस्थागत साझेदारीको अवधारणा रहेको प्रहरी नायब निरिक्षक डिकराज प्रसाईले बताउनुभयो ।