भक्तपुर क्याम्पसमा २०२२ अर्थात् ५०.५३० मत खस्यो


चैत ५, २०७९, आइतबार | दिउँसो १२:०७ बजे | 40


भक्तपुर क्याम्पसमा २०२२ अर्थात् ५०.५३० मत खस्यो

स्वतन्त्र विद्यार्थी यूनियन निर्वाचन अन्तर्गत भक्तपुर क्याम्पसमा भएको निर्वाचनमा २०२२ मत (५०.५३० खसेको छ । ४००१ मतदाता भएको सो कलेजमा आज विहान ८ बजे देखि ४ वजेसम्म मतदान भएको उल्लेख गर्दै क्याम्पसका प्रध्यापक एवं निर्वाचन समितिका सदस्य हरिसुन्दर सुवालले विद्यार्थीहरुबाट उत्साहप्रदरुपमा मतदान भएको जानकरी दिए । कलेज शिक्ने र शिकाउने ठल्लो भएकोले आआफ्नो माओपार्टी र विद्यार्थी संगठनहरुको पक्षमा बैचारिकरुपमा मतदान भएको पाएको र स्ववियूलाई दवाफ समूहको रुपमा विद्यार्थीहरुले आफ्नो अधिकारकालागि उपयोग गरेको बताए । ३ हजार देखि ३ लाख २० हजारसम्म शुल्क तिरेर पढ्ने भक्तपुर क्याम्पसमा निर्वाचन अगाडी २५० रुपियाँमा विद्यार्थी भर्ना भएको भन्दै केही बिवाद उठेको भएपनि शान्तिपूर्णरुपमा उत्साप्रदरुपमा मतदान सम्पन्न गरेको हो ।
भक्तपुर क्याम्पसको स्ववियुले क्याम्पसको पठनपाठनमा सहयोगि भूमिका खेल्दै आएको बताउँदै प्रध्यापक विष्णुप्रसाद श्रेष्ठले कलेज पढ्ने विद्यार्थीहरु आआफ्नो काममा ब्यस्त हुने भएता पनि निर्वाचनमा उत्साहजनकरुपमा सहभागिता रहेकोमा खुसि व्यक्त गरे भने कलेजका प्रमुख डा.कृष्णप्रसाद पोखरेलले निर्वाचनमा विद्यार्थीहरुले उत्साहप्रद र साकारात्मकरुपमा सन्तुलित ब्यवहार गरेर निर्वाचनलाई प्रयोग गरेको बताए । विद्यार्थीको चाहना र अवाश्यकतालाई स्ववियुले प्रतिनिधित्व गरी विद्यार्थीहरुको हकहितकालागि कलेज प्रशासनलाई घचघचाउने भूमिका खेल्ने विश्वास व्यक्त गर्दै विद्यार्थीको रचनात्मक सहयोगले शैक्षिक उन्यनमा टेवा पुग्ने बताउनु भयो । मतगणना आज साँझबाटै गर्ने तयारी गरेको छ ।

Comments