एपानको ५५ औं अन्तराष्ट्रिय सम्मेलन नेपालमा हुने


2023-03-11 15:30:12

News Image

काठमाडौं । एशिया प्यासिफिक एडभान्स नेटवर्कको (एपान) को ५५ औं अन्तराष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ । सम्मेलन फाल्गुण २९ देखि चैत्र ०३ सम्म काठमाडौं मेरियट होटेलमा आयोजना हुन गइरहेको जानकारी शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी जनाइयो ।
सम्मेलन आयोजनाको मुख्य संयोजन नेपालका सूचना प्रविधि सम्वन्धी संस्थाहरुसँगको सहयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँगको सहकार्यमा नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्कले गरेको एपान ५५ मूल समितिका संयोजक लोचनलाल अमात्य जनाए । विश्वभर पैmलिएको कोभिड महामारीपछि पहिलो पटक भौतिक रुपमा आयोजना हुन लागेको यस पाँचदिने अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा आयोजना हुनु सबैको लागि गौरवको विषय भएको जनाइयो ।
सम्मेलनको अवधिभर ५५ वटा भन्दा वढी सेसनहरु सञ्चालन हुने साथै १७५ भन्दा वढी प्रतिनिधिले शिक्षा, सूचना प्रविधि, वैज्ञानिक अनुसन्धानलगायतका विभीन्न क्षेत्रहरुमा केन्दि«त रही प्रस्तुती दिनुहुने छ । सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले उद्घाटन गर्नुहुने कार्यक्रम तय गरिएको छ । सम्मेलनमा दुईजना नेपालीसहित ४ जना व्यतिmहरुले मुख्य वतmा कि स्पिकरको रुपमा सम्मेलनलाई सम्बोधन गर्नुहुने छ ।
सूचना प्रविधि कार्यान्वयनका विभिन्न क्षेत्रहरु जस्तै प्रकोप व्यवस्थापन, कृषि आधुनीकिकरण, मानव स्वास्थ्य र चिकित्सकीय प्रविधि, वैज्ञानिक तथ्यांकहरुमा पहुँच, इन्टरनेट सुरक्षा आदि विषयवस्तुहरुमा केन्दि«त रही सहभागीहरुवीच छलफल हुने साथै नेपालको तर्फवाट जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभाव र यसको न्युनीकरणको लागि सूचना प्रविधि र वैज्ञानिक अनुसन्धानको भूमिका सम्वन्धमा जलवायु परिवर्तन विज्ञ तथा नेपाली पर्वतारोही समेतको प्रस्तुती रहने कार्यक्रम तय भएको छ । 
२५ देशका १८० प्रतिनिधिहरु तथा नेपालका विभिन्न विश्वविद्यालय र सूचना प्रविधिसँग सम्वन्धीत संस्थाहरुवाट १५० गरी ३३० भन्दा बढी प्रतिनिधिहरु सम्मेलनस्थल काठमाडौं मेरियटमा सहभागी हुने साथै २०० भन्दा वढी व्यतिmहरु अनलाइनका माध्यमवाट पाँच दिनसम्म सञ्चालन हुने एपानको ५५ औं सम्मेलनमा सरिक हुने आसा गरिएको छ । 
नेपालमा पहिलोपटक हुन लागेको यस सम्मेलनले नेपाल सरकारले प्राथमिकताका साथ अगाडि वढाएकोे डिजीटल नेपाल फ्रेमवर्कको कार्यान्वयनमा सहयोग प¥याउने देखिन्छ । सम्मेलनले देशमा वैज्ञानिक अनुसन्धान र यस सम्वन्धी पुर्वाधारहरुको आवश्यकताका साथै राष्ट्रिय अनुसन्धान तथा शैक्षिक सञ्जालको विस्तारको लागि सचेतना बढाउने अपेक्षा गरिएको छ । योसँगै नेपाल सरकारले सुचना प्रविधि र वैज्ञानिक अनुसन्धानका क्षेत्रमा गरिरहेका प्रयासहरु विश्वमाझ पु¥याउने अवसर समेत यस सम्मेलनले जुटाउने देखिन्छ । साथै विभिन्न देशका प्रतिनिधि सँगको आपसी अन्तरकृयाले नेपाली अनुसन्धानकर्ता तथा शैक्षिक संस्थाहरुले हाल विश्व समुदायसँग गरिरहेका वैज्ञानिक सहकार्यहरुलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ । 
अन्तराष्ट्रिय सम्मेलनको आयोजनको लागि विभिन्न संघ संस्थाहरुको सहयोग गर्नुहुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय साथै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग यस सम्मेलन आयोजनाको सहकार्य भएको छ । नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल टेलिकमलगायतका संस्थाहरुले सम्मेलनको लागि प्रायोजन गर्ने भएका छन् । सम्मेलनको लागि आवश्यक इन्टरनेट व्याण्डवीथ वल्र्ड लिंक कम्युनिकेशन तथा सुविसु केबुलनेटले उपलव्ध गराउने भएका छन् । 
एसिया प्रशान्त क्षेत्रका १७ देशका राष्ट्रिय अनुसन्धान तथा शैक्षिक सञ्जाल संस्थाहरुको    सहकार्यमा स्थापित एसिया प्यासिफिक एडभान्स नेटवर्कले सूचना तथा सञ्चार प्रविधिका विभिन्न क्षेत्रहरुमा वैज्ञानिक अनुसन्धान र सहकार्य गर्दै आएको छ । यसले विगत २५ वर्षदेखि एशिया प्रशान्त क्षेत्रका राष्ट्रिय अनुसन्धान तथा शैक्षिक सञ्जाल संस्थाहरुको संयोजन तथा विश्वका विभिन्न देशका वैज्ञानीक अनुसन्धान, नवप्रवर्तन र विभिन्न विश्वविद्यालयहरु सँगको सहकार्यमा हरेक वर्ष दुईवटा अन्तर्राष्ट्रिय सम्मेलन एशिया प्रशान्त क्षेत्रका विभिन्न राष्ट्रहरुमा आयोजना गर्दै आएको छ । 

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *