सी चिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति


2023-03-11 03:28:04

News Image

सी चिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति चयन भएका छन् ।
शुक्रबार बेइजिङमा जारी चिनिया जनकंग्रेसको १४औं वार्षिक अधिवेशनले सर्वसम्मत रूपमा ६९ वर्षीय सीलाई जनगणतन्त्र चीनको राष्ट्रपति तथा केन्द्रीय सैनिक आयोग(सीएमसी) को अध्यक्षमा चयन गरेको हो ।
चिनियाँ संसद्का रूपमा रहेको जनकंग्रेसका करिब ३ हजार सदस्यले सीलाई सर्वसम्मत रूपमा राष्ट्रपति चयन गरेका हुन् ।
तेस्रोपटक राष्ट्रपति चयन भएसँगै सीलाई माओ त्से तुङपछि चीनको सबैभन्दा शक्तिशाली नेताका रूपमा हेरिएको छ ।
सी पहिलोपल्ट मार्च, २०१३ मा चीनको राष्ट्रपति बनेका थिए । त्यसपछि सन् २०१८ मा उनी दोस्रो कार्यकालका लागि राष्ट्रपति बनेका हुन् ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *