विनायकमा दोस्रो SQC School Convention तथा ३४औं वार्षिकोत्सव
2023-03-05 15:26:47
मध्यपुर थिमी भक्तपुर
मध्यपुरथिमिमा अवस्थित विनायक शिक्षा निकेतन इङ्गलिस स्कुलले फागुन २१ गते विद्यालयको ३४ औं वार्षिकोत्सव, प्रतिभा प्रदर्शन, तथा दोस्रो SQC स्कुल कन्भेन्सनको आयोजना गर्यो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा संस्थापक गणेशराम लाछीको सभापतित्वमा तथा QUEST नेपालकी प्रेसिडेन्ट श्रीमती सुरिना गुरुङकाे प्रमुख आतिथ्यतामा भएको सम्पन्न भएको उक्त कार्यक्रममा विद्यार्थीहरुले एकल ,सामुहिक नृत्य, धिमे ,बाँसुरी वादन तथा आ- आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । विशेष गरेर विद्यालयमा धेरै वर्षअघिदेखि कोर्सका रुपमा सिकाउँदै आइएको student quality circle (SQC) काे दोस्रो विद्यालय सम्मेलन गराइएको र सोका माध्यमबाट विद्यार्थीहरुले समस्या पहिचान गरी विभिन्न विधि र पद्धतिका माध्यमबाट त्यसको समाधान गर्ने तरिका case study presentation का माध्यमबाट सिक्न सकेको कुरा विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले जानकारी गराउनुभयो। प्यानल डिस्कसन, talent show, karate show ,case study presentation का माध्यमबाट विद्यार्थीले आफ्नो दृष्टिकोण राखिएको उक्त कार्यक्रमको बारेमा बोल्दै विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले विद्यार्थीहरूको सर्वाङ्गीण विकास तथा उनीहरुभित्र रहेको प्रतिभा प्रदर्शन गर्ने अवसर विद्यालयले हरेक विद्यार्थीलाई दिँदै आएको र भविष्यमा सक्षम, स्वाबलम्बी, दक्ष र आत्म निर्भर नागरिक तयार गर्ने तथा एक विद्यार्थी एक सीपको अवधारणामा विद्यालय चलेको कुरा समेत बताउनुभयो। कार्यक्रममा उपस्थित प्रमुख अतिथि तथा अन्य वक्ताहरुले आजको एक्काइसौं शताब्दीमा युग सुहाउँदो शिक्षा प्रदान गर्न सफल भएकोमा विद्यालयलाई अझ उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरेका थिए। साथै कार्यक्रममा विद्यार्थीहरुले गीतसंगीत प्रस्तुत गरी कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफल पारेका पनि थिए।
प्रतिक्रिया