साईनिङ्ग स्टुडेण्ट एकेडेमीमा शैक्षिक खेल मेला सुरु
फाल्गुन १९, २०७९, शुक्रबार | विहान ०७:१९ बजे | 5
भक्तपुर । साईनिङ्ग स्टुडेण्ट एकेडेमीमा शैक्षिक खेल मेला सुरु भएको छ । मेलाको भक्तपुर नगरपालिका वडा नं ४ का वडाध्यक्ष उपेन्द्र सुवालले एक समारोहबीच शुक्रबार गपली विद्यालय भवनको प्राङ्गणमा रिवन काटी उद्घाटन गर्नुभयो ।
कार्यक्रममा वडाध्यक्ष उपेन्द्र सुवालले खेल खेलाई शिक्षा दिंदा छिट्टै सिक्ने स्मरण गर्न सजिलो हुने बताउनु भयो । उहाँले मन्तेश्वरी प्राणाली विकास भएसंगै शिक्षामा गुणस्तर ल्याई जीवन उपयोगी शिक्षा विकासको लागि शैक्षिक खेल मेला टेवा पुग्ने बताउनुभयो । उहाँले अभिभावकहरुले पनि घरमा आ–आफ्ना बालबालिकालाई सिकाउन खेल मेला प्रदर्शनी अवलोकन गर्नुपर्ने बताउनुभयो । उहाँले विद्यालयले खेल महोत्सबको रुपमा विकास गर्न खेलकुदमा पनि जोड दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल रविन छुस्याकीले शिक्षा प्रति बालबालिकामा अभिरुचि बढाउन र अभिभावकहरुलाई आकर्षण गर्न शैक्षिक खेल मेला उपयोग हुने भएकोले शैक्षिक खेल मेला आयोजना गरेको बताउँदै गुणस्तरीय शिक्षासंगै व्यवहारीक ज्ञान प्राप्ता गर्न पनि मद्दत पुग्ने बताउनुभयो । कार्यक्रममा गपली टोल सुधार समितिका अध्यक्ष रामकृष्ण प्रजापतिले पनि बोल्नुभएको थियो । शैक्षिक मेलामा ७५ वटा विज्ञान, गणित, नेपाली, समाजिक विषयमा स्टल रहेको थियो ।