विश्व-विख्यात वातावरण संरक्षण अभियन्ता Mark Galia pace विनायकमा
फाल्गुन १४, २०७९, आइतबार | विहान ११:५७ बजे | 25
मध्यपुर थिमी
शिक्षा ज्ञान मात्र हैन चेतनाको स्तर अभिवृद्धि गर्ने माध्यम पनि हो भन्ने कुरालाई आत्मसात गर्दै जीवनोपयोगी कुराहरु सिकाउँदै आएको विनायक शिक्षा निकेतन इ.स्कुलले यही फागुन १४ गते वातावरणीय संरक्षण विषयमा अभिमुखीकरण कार्यक्रमको आयोजना गर्यो। युरोपियन मुलुक malta का विश्व-विख्यात वातावरण संरक्षण अभियन्ता Mark Galia pace तथा युएसएका austin र सिंगापुरका methew द्वारा कक्षा ६,७ र ९ का विद्यार्थीहरुलाई अभिमुखीकरण गराइएको उक्त कार्यक्रममा साझा घर पृथ्वीको वातावरण संरक्षण तथा सम्बर्धन गर्ने विषयमा भोलिका यस संसारका सारथी विद्यार्थीहरु नै भएकाले उनीहरूलाई यस प्रकारको ज्ञान दिने विद्यालयको उद्देश्य रहेको कुरा सहायक प्रिन्सिपल प्रेम निराैलाले बताउनु भयाे । कार्यक्रममा सगरमाथा सरसफाई सम्बन्धी अभियन्ता Mark ले यो पृथ्वीको अस्तित्व बचाउन सानै उमेरदेखि हरेक विद्यार्थी जागरुक हुनुपर्ने , वातावरण संरक्षणमा आआफ्नो क्षेत्रबाट लाग्नु पर्ने कुरा बताउनुभयो ।अभिमुखीकरण कार्यक्रममा सहभागी बिद्यार्थीहरु तथा प्रशिक्षकलाई धन्यवाद दिँदै विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले वातावरणीय विनास global warming ,अनेकौं नयाँ राेगका कारक हामी मानव जाति भएकोले वातावरण संरक्षण र सम्बर्धनमा हामी चनाखो रही यस साझा धर्तीको अस्तित्वलाई संकटबाट बचाउन हामी आफै जाग्नुपर्ने कुरा समेत बताउनु भयो।