बागीश्वरीमा नतिजा विश्लेषण
फाल्गुन ८, २०७९, सोमबार | दिउँसो ०३:२३ बजे | 25
भक्तपुर, ८ फागुन– बागीश्वरी मा.वि. च्याम्हासिंहस्थित कक्षा ११÷१२ को दोस्रो त्रैमासिक परीक्षाको नतिजा विश्लेषण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवं प्रधानाध्यापक कृष्ण प्रसाद धन्छाले राम्रो नतिजाका लागि शिक्षकहरु अलि बढी सक्रिय हुनुपर्ने बताउनुभयो । नियमित रुपमा गरिएका यस्तो कार्यक्रमले विद्यार्थीहरुको नतिजामा गुणस्तरीय परिवर्तन आउने बताउनुभयो ।
बागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले राम्रो नतिजा ल्याउन शिक्षकहरुले आ–आफ्नो क्षेत्रबाट योगदान पु¥याउनुपर्ने बताउनुभयो । साथै उहाँले नतिजा विश्लेषण अब नयाँ ढंंगबाट प्रस्तुत गर्नुपर्ने बताउनुभयो ।
विज्ञान, व्यवस्थापन र मानविकी संकायको विभिन्न विषयमा विषय शिक्षकहरुबाट नतिजा विश्लेषण गरिएको उक्त कार्यक्रममा ग्याहेन्द्र प्रसाद दाहाल, सहायक प्रधानाध्यापकद्वय कृष्ण प्रसाद कर्माचार्य, उकेश सुवाल लगायतका शिक्षकहरुले नतिजा विश्लेषणमा भाग लिएका थिए ।