समाजसेवी ताराबहादुरद्धारा रक्तदान अभियान सुरु
भदौ १८, २०७७, बिहीबार | विहान ०५:५३ बजे | 30
काठमाडौं । काठमाडौंको चक्रपथ सरसफाई अभियानको आयोजनामा राजधानीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान जीवनदान नाराका साथ रक्तदान कार्यक्रम गरिएको हो । कार्यक्रममा २४ जनाले रक्तदान गरेका थिए ।
[[img2]]
चक्रपथ सफाई अभियानका संयोजक समाजसेवी ताराबहादुर कुँंवरले सक्यो भने रक्तदान कार्यक्रमलाई अभियानको रुपमा लाने योजना रहेको सुनाए । अर्काेपटक आफूसहित आफनो परिवारको ६ जना पनि रक्तदान दिएर सहभागिता जनाउने योजना रहेको उनले सुनाए । लकडाउनको अवस्थामा भइरहेको रगतको अभावलाई केही मात्रै भए पनि पूर्ति गर्न सहयोग गर्ने उद्देश्यका साथ रक्तदानलाई अभियानको रुपमा लाने योजना रहेको उनले सुनाए ।
[[img3]]
चक्रपथ सरसफाई अभियानले निरन्तर चक्रपथ सफाई अभियान चलाउँंदै आएको छ । अभियानको रुपमा उसले वर्षाैदेखि निरन्तर चक्रपथका ठाउँंठाउँंका क्षेत्रमा सरसफाई गर्ने गर्दै आएको छ । समाजसेवी ताराबहादुर कुँंवरकै अगुवाईमा यो सवै काम भइरहेका छन् । उनलाई विभिन्न व्यक्ति तथा संस्थाहरुले पनि यो काममा सहयोग गर्दै आएका छन् ।