टिपरलाई छुट हो राती ?


भदौ १७, २०७७, बुधबार | दिउँसो ०३:१० बजे | 45


भक्तपुर । साँझसँंगै गल्लीगल्लीमा मात्रै होइन, राजमार्ग खण्डमा पनि इट्टा बोकेका ससाना गाडीहरु चल्न थालेका हुन्छन् । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको जगाती भएर चल्ने त झन कति कति । राजमार्गको पूर्वपटी धेरै इट्टाभटा भएर धेरै भएर हो वा किन हो, महानगरीय प्रहरी बृत जगाती भएर इट्टा वोक्ने सवारीसाधन हुइकिएको देखिन्छ । सम्साझै खुला गरेर हो वा निषेधाज्ञाकावीच हो गाडीहरु हुइकिएको हुन्छ । साँंझ पाँंच बजेपछि त मोटरसाइकललगायत हलुका सवारीसाधनलाई खुला गरिन्छ । के यसरी नै इटा बोक्ने सवारीसाधनलाई पनि खुल्ला गरिएको हो ? अथवा निषेधाज्ञावीच पनि हुइकिएका हुन् ती सवारी ? जगाती बृतमै नजिकै निषेधाज्ञाकावीचमा पनि मोटरसाइकल चलाउनेलाई कारबाही स्वरुप राख्न होल्डिग सेन्टर बनाइएको छ । ती होल्डिंग सेन्टरमा अटेर मोटरसाइकल चालकहरुलाई कारबाहीस्वरुप राखेको पनि देखिन्छ । तर ठूल्ठूला सवारीसाधनलाई भने राखेको देखिंदैन । यसको अर्थ के हो ? कि सानालाई ऐन ठूलालाई चैन ?

[[img2]]
उपत्यकामा निषेधाज्ञा केही खुकुलो
काठमाडौँ उपत्यकामा निषेधाज्ञाको अवधि अर्को एक हप्ता थपिएको छ । गृह मन्त्रालयसँगको परामर्शमा उपत्यकाका तीन जिल्ला (काठमाडौँ, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीसहितको आजको बैठकले केही सेवालाई सहजीकरण गर्दै अर्को एक साताका लागि अत्यावश्यक र तोकिएबाहेकका गतिविधि रोक्ने गरी निषेधको आदेश जारी गरेको हो ।
कोभिड–१९ को सङ्क्रमण बढ्दो क्रममा रहेकाले रोकथाम गर्न जरुरी रहेको निष्कर्षका साथ पुनः निषेधको आदेश जारी गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनुभयो । यसअघि भदौ ३ गते राति १२ बजेदेखि लागू हुने गरी तीनै जिल्लाका प्रजिअसहितको बैठकले एक साताका लागि निषेधाज्ञा जारी गरेको थियो । उक्त आदेश भदौ १० गते राति १२ बजे सकिएपछि आज राति १२ बजेसम्मका लागि त्यसलाई पुनः निरन्तरता दिइएको थियो ।



फाेटाेमा हेर्नुहाेस्...

Comments