भक्तपुरको गोल्डेन सुनगाभा स्कुलको वार्षिकोत्सव फागुन ७ देखि


फाल्गुन ५, २०७९, शुक्रबार | विहान १०:४० बजे | 30


भक्तपुरको गोल्डेन सुनगाभा स्कुलको वार्षिकोत्सव फागुन ७ देखि

भक्तपुर । भक्तपुरको सल्लाघारी दुवाकोटस्थित गोल्डेन सुनगाभा इगलिश स्कुलको २५ औ वार्षिकोत्सब फागुन ७ गतेदेखि १३ गतेसम्म हुने भएको छ । त्यस अवसरमा स्कुलबाट एसईई उतीर्ण गरी उच्च ओहोदामा पुग्न सफल पूर्व विद्यार्थीहरुलाई सम्मान गरिने भएको छ । 
शुक्रबार गरेको पत्रकार सम्मेलनमा स्कुल व्यवस्थापन समितिका अध्यक्ष लीलानाथ निरौलाले विभिन्न मितिमा स्कुलबाट एसईई परीक्षा उतीर्ण गरी उच्च ओहोदामा पुग्न सफल चार जना पूर्व विद्यार्थीलाई स्कुलको वार्षिकोत्सवको अवसरमा सम्मान गरिने जनाए । 
स्कुलको वार्षिकोत्सव फागुन ७ गतेदेखि १३ गतेसम्म हुने छ । स्कुलमा एसईई उतीर्ण गरी इन्जिनियर हुन सफल तीन जना र एकजना आइटी इन्जिनियरलाई सम्मान गरिने पत्रकार सम्मेलनमा बताइयो । स्कुल २०५३ सालमा स्थापना गरेको जनाइयो । स्कुलबाट हालसम्म १४ वटा व्याचमा झण्डै पाँंच सय जनाले एसईई उतीर्ण गरिसकेको जनाइयो । 
वार्षिकोत्सव कार्यक्रमकै क्रममा मोवाइलसँगै इन्टरनेट, टेलिभिजनहरु, टिकटकहरुको दुरुपयोगले बालबालिकाहरुमा परेको नकारात्मक प्रभावबारे सडक नाटक देखाइने जनाइयो । स्कुल आपपासका चार वटा चोकहरुमा यसबारे नाटक देखाइने भएको हो । 
मोबाइल, इन्टरनेट, टिभीको दुरुपयोग नगर्न जनचेतना जगाउने उद्देश्यले कार्यक्रम गर्न लागेको स्कुलका प्रिन्सिपल महेशचन्द्र गौतमले जनाए । कार्यक्रम स्कुलको वार्षिकोत्सवको क्रममा फागुन १० गते हुने जनाए । स्कुल वरिपरिको निकोसेरा, बेंसी, मंगलबजार चोक र सल्लाघारी दुवकोट चोकमा गरी चार ठाउँंमा नाटक देखाइने उनले जनाए । नाटक २० मिनेटको रुहेको जनाइएको छ । एउटै टोलीले एकैतीन फरकफरक समयमा चार वटै चोकमा नाटक प्रस्तुत गरिने जनाइएको छ ।  

Comments