सभ्य अनि भव्य रुपमा सकियो ख्वपको शैक्षिक प्रदर्शनी


फाल्गुन ४, २०७९, बिहीबार | दिउँसो ०३:०३ बजे | 40


सभ्य अनि भव्य रुपमा सकियो ख्वपको शैक्षिक  प्रदर्शनी

भक्तपुर, फागुन ४ भक्तपुरको ख्वप कलेज देकोचामा भएको शैक्षिक प्रदर्शनीको आठ हजार भन्दा वढीले अवालेकन गरेको कलेजले जनाएको छ । काठमाडौं, भक्तपुर, ललितपुरसहित काभ्रेको बनेपा, पनौती, धुलिखेलका विभिन्न स्कुलहरुबाट आएका विद्यार्थी, शिक्षक, अभिभावकले प्रदर्शनी अवलोकन गरेको जनाइएको छ । भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप माविको २३ औं, ख्वप कलेजको २१ औ र शारदा क्याम्पसको ३२ औ वार्षिक उत्सव तथा ख्वप कलेज अफ लको स्थापना एवं सञ्चालनको अवसरमा प्रदर्शनी भएको हो । प्रत्येक वर्ष बार्षिकोत्सवको अवसरमा यहाँं यसरी नै शैक्षिक प्रदर्शनी हुने गर्दछ । वाषिकोत्सव समारोह मुल समितिको संयोजक एवं ख्वप कलेजका प्राचार्य रुपक जोशीले भक्तपुरसहित काठमाडौं उपत्यका र उपत्यकाबाहिरका विभिन्न स्कुलहरुलाई निमन्त्रणा गरे अनुसार ती स्कुलहरुबाट शिक्षक, विद्यार्थी, अभिभावक अवालेकनका लागि आएको जनाए । यस अनुसार आठ हजार वढीले प्रदर्शनीको अवालेकन गरेको उनले ेजनाए । भक्तपुरका भक्तपुर, मध्यपुर थिमि, चाँंगुनारायण र सूर्यविनाक नगरपालिकाका साथै काठमाडौं उपत्यका र उपत्यकाबाहिरका बनेपा, धुलिखेल, पनौतीलगायतका ठाउँंका एक सय भन्दा वढी विद्यालयहरुलाई प्रदर्शनी अवलोकनका लागि निमन्त्रण गरेको उनले जनाए । झण्डै एक सय वटा स्कुलहरुबाट विद्यार्थी सहभागी भएको उनले बताए । प्रतिस्कुल एक सय सय जना विद्यार्थीलाई पठाए भने दस हजार हुन्छ, उनले भने । कुनै स्कुलले एक सय भन्दा कम त कुनै स्कुलले एक सय भन्दा वढी विद्यार्थी पठाएको जानकारी उनले गराए । साथै कलेजकै आफनै पाँंच हजार बिद्यार्थी थप अवालेकनकर्ता भएको उनले जनाए । प्रदर्शनीमा दुई सय ४० वटा स्टलहरु रहेको जानकारी गराइयो । स्टलहरु कलेजका विद्यार्थीका साथै रुचि हुने अन्य कलेजलाई पनि स्टलका लागि आह्वान गरेको र त्यही अनुसार बाहिरका स्कुलका विद्यार्थीको स्टल पनि रहेको उनले जनाए । प्रदर्शनीमा आयोजक कलेजमा ११ कक्षादेखि स्नातकोतर तहसम्म अध्ययनरत दुई हजार भन्दा वढी विद्यार्थीहरु प्रत्यक्ष सहभागी रहेको जानकारी गराइयो । कलेजमा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा र कानुन गरी पाँंच वटा सँंकायमा ११ कक्षादेखि स्नातकोतर तहसम्मको पढाई हुने गर्दछ । प्रदर्शनीमा विद्यार्थीले आफूले पढेका विषयसँंग सम्वन्धित स्टलहरु राखेका थिए । प्रदर्शनी कलेको कम्पाउण्ड र भित्र भबन दुवैमा गरिएको थियो । कलेजको ठूलो कम्पाण्डका साथै ब्लक ए र ब्लक वी भबन दुवैमा प्रदर्शनी भएका थिए । ५५ रोपनी क्षेत्रफलमा फैलिएको कलेज बाहिरका सवै स्टलहरु एकैचोटी हेर्न मिल्ने गरी अस्थायी टावर पनि बनाइएको थियो । बाँंसबाट बनाइएको अस्थायी टावरमा माथि चढेर सवै हेर्न मिल्ने बनाइएको थियो । यो वर्षदेखि कानुन संकायको पनि अध्ययनका लागि ख्वप स्कुल अफ ल भएकोले कानुनका विद्यार्थीले पनि स्टल राखेका थिए । कानुनका विद्यार्थीले नमूना कोट (अदालतमा बहसको अभ्यास विद्यार्थीबाट) राखेका थिए । यसप्रति पनि अवालेकनकर्ताहरुले बढी रुचि राखेको देखियो । प्रदर्शनीमा प्रवेश निःशुल्क गरिएको थियो । विहान १० बजेदेखि सुरु भएको प्रदर्शनी साँंझ ५ बजेसम्म चलेको थियो

फाेटाेमा हेर्नुहाेस्...

सभ्य अनि भव्य रुपमा सकियो ख्वपको शैक्षिक  प्रदर्शनी
सभ्य अनि भव्य रुपमा सकियो ख्वपको शैक्षिक  प्रदर्शनी
सभ्य अनि भव्य रुपमा सकियो ख्वपको शैक्षिक  प्रदर्शनी

Comments

ताजा खबर