भक्तपुर उद्योग वाणिज्य संघबाट विस्कूट र चाउचाउ सहयोग
भदौ १७, २०७७, बुधबार | विहान ११:०७ बजे | 30
भक्तपुर उद्योग वाणिज्य संघले कोविद् १९ नियन्त्रणमा खटिदै आएका सुरक्षाकर्मीलाई आज विस्कूट र चाउचाउ सहयोग गरेको छ । उक्त सहयोग भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष श्री प्रदिप श्रेष्ठले महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरिक्षक श्री तारादेवी थापालाई प्रहरी परिसर कार्यालयमा गई हस्तान्तरण गर्नु भएको थियो ।
सो अवसरमा संघका पूर्व अध्यक्ष, सल्लाहकार समितिका संयोजक एवं नेउवामहासंघ वागमती प्रदेशका उपाध्यक्ष श्री कृष्ण प्रसाद अवाल, संघका वरिष्ठ उपाध्यक्ष श्री शिव प्रसाद मानन्धर, उपाध्यक्ष श्री रोशन भोयद्यो, महासचिव श्री रोशनी मैञा धौबन्जा, सचिव श्री गणेशहरी प्रजापति लगायत अन्य कार्यसमिति सदस्यहरुमा श्री रुकेश रंजित, श्री श्रीया वल्ल, श्री सचिन्द्र प्रधानांग र सदस्य एवं राष्ट्रिय आर्थिक पत्रिकाका वरिष्ठ सल्लाहकार श्री महेश्वर बनेपालीको उपस्थिति रहेको थियो ।
यसैगरी आजै संघबाट महानगरीय प्रहरी वृत्त ठिमी र सशस्त्र प्रहरी बल औद्योगिक सुरक्षा गुल्मलाई पनि विस्कूट र चाउचाउ सहयोग हस्तान्तरण गरिएको थियो ।
राजु मान बज्राचार्य
कार्यकारी अधिकृत