काँंग्रेस भक्तपुर नगरपालिकालाई सहयोग गर्न तयार
भदौ १६, २०७७, मङ्गलबार | विहान ११:३२ बजे | 35
भक्तपुर । नेपाली काँग्रेस भक्तपुर नगर कार्यसमितिले भक्तपुर नगरपालिकाद्धारा सञ्चाािलत जनस्वास्थ्य केन्द्रले कोरोना पीसीआर परीक्षण गरेको भन्दै त्यस कार्यको सराहना गरेको छ । पार्टी नगर कार्यसमितिका सभापति रामप्रसाद कासुलाले मंगलबार विज्ञप्ति प्रकाशित गरी कोरोना महामारीकोवीचमा नगरपालिकाले गरेको यो सराहनीय काममा सहयोग गर्न पार्टी तत्पर रहेको जनाएको छ ।
[[img2]]
विज्ञप्तिमा पीसीआर परीक्षणलगायतका सवै सेवासुविधा बिना भेदभाव सवै नगरबासीलाई समान रुपमा उपलव्ध गराउन आह्वान गरिएको छ । नगरपापलिकाबाट कोरोना नियन्त्रणका लागि हुने प्रत्येक कार्यहरु तथा राहतका कार्यहरुमा नगरपालिकालाई सहयोग गर्न पार्टी तयार रहेको पनि जनाइएको छ ।