कोरोनाबाट भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन


भदौ १५, २०७७, सोमबार | दिउँसो ०२:०७ बजे | 40


कोरोनाबाट संक्रमित भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ ।  उनका छोरा अभिजित मुखर्जीले केही बेरअघि ट्विट गर्दै पिताको निधन भएको जानकारी दिएका हुन् ।
ट्विटमा अभिजितले लेखेका छन्, ‘गह्रुँगो मुटुका साथ यहाँहरूलाई जानकारी गराउनुपरेको छ कि हामी र आरआर हस्पिटलका डाक्टरहरुको सारा प्रयास र भारतभरका जनताको आशीर्वाद र प्रार्थनाका बाबजुद मेरा पिता श्री प्रणव मुखर्जीको भर्खरै निधन भएको छ। यहाँहरू सबैलाई धन्यवाद ।’


Comments