सांगितिक कार्यक्रम सहित तीन दिने पुस्तक मेला सकिँदै


2023-01-21 03:49:00

News Image

भक्तपुर, माघ ७ । भक्तपुर बुक क्लबको आयोजनामा पञ्चकन्याबाट बिहीबार उद्घाटन भएको तीन दिने स्टुडेन्टस् बुक फेयर आज शनिवार सांस्कृतिक कार्यक्रम सहित समापन हुने भएको छ । कार्यक्रमको पहिलो दिन बिहिबार रंगकर्मी सुनिल पोखरेल, शिक्षक योगेन्द्रमान बिजक्छे र लेखक तथा साहित्यकार बिना थिङले नयाँ पुस्ता बीच पठन संस्कृतिको प्रवद्र्धन सम्बन्धी पुस्तक वार्ता गरेका थिए । कार्यक्रमको दोस्रो दिनको पहिलो सत्र कविता गोष्ठीमा साहित्यकार हरिहर तिमल्सिना, अभय श्रेष्ठ लगायत बागिश्वरी मावि, आदर्श आजाद मावि, ब्रम्हायणी आवि तथा भीम आदर्श आवि तथा पुल्चोक क्याम्पसका विद्यार्थी गरी जम्मा २७ जनाको कविता वाचनका लागि डेट पोयट सोसाइटीले सहयोगी भूमिका निभाएको थियो । दोश्रो दिनको दोश्रो सत्रमा कथावाचक मिना प्रजापति र कृष्ण दिप सिग्देलको उपदेशमूलक कथाले विद्यार्थीको उल्लेख्य सहभागिता रहेको छ । आज अन्तिम दिनको पहिलो सत्र अर्थात् ११ बजे पोषणविज्ञ डा. अरुणा उप्रेतिले बालबालिकाको स्वास्थ्य र पोषण बारे अन्तरसंवाद कार्यक्रममा अभिभावक तथा शिशु कक्षाका शिक्षक तथा आया दिदिहरुलाई उपस्थितिको लागि आयोजक बुक क्लब भक्तपुरले विशेष अनुरोध समेत गरिएको छ । साथै समापन समारोहमा सांगितिक प्रस्तुतीले पुस्तक मेलालाई थप आकर्षण प्रदान गर्ने आयोजक बुक क्लबले जनाएको छ । सोही बुक फेयरमा वातावरण, स्वास्थ्य, इतिहास, धर्मसंस्कृति तथा कथा कविता निबन्ध उपन्यास लगायत बालसाहित्यसँग सम्बन्धित पुस्तक एवं विभिन्न उमेर समूहका पुस्तकहरू न्यूनतम मूल्य रू.२५ देखि रू. ४००० सम्मका नेपाल भाषा, अंग्रेजी साहित्यका पुस्तकहरु  रहेका छन् । सो कार्यक्रममा विद्यार्थीले २० भन्दा बढी पुस्तकका स्टलमा १५% देखि ३०% भन्दा बढी पुस्तकहरूमा छुट पाउने छन् भने रू.५० देखि रु.१००० सम्मका कपडाका व्याग झोला, नोटबुक तथा थैलीहरू तथा हेल्थ एण्ड एडुकेशन ग्रुपको कागजी हस्तकलाका सामानहरु विशेष छुटमा बिक्रीवितरण भैरहेको छ । सो मेलामा माटोको विभिन्न कला, चित्रकला, लिपी तथा कला कार्यशालाका साथै बौद्धमार्गीहरुको हस्तलेखन सत्र प्रदर्शनी भएको छ । निःशुल्क प्रवेशको व्यवस्था भएको सो कार्यक्रममा अनुसन्धान मूलक पुस्तकका साथ नेवारी मौलिक परिकारको स्वाद चाख्न पाइनेछ ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *