बेकोजू फार्मेसी सूर्यविनायक भक्तपुरमा कार्यरत दक्ष स्वास्थ्यकर्मीहरुद्धारा TT इन्जेक्सन


जेठ २९, २०८३, शुक्रबार | साँझ ०५:०६ बजे | 225


बेकोजू फार्मेसी सूर्यविनायक भक्तपुरमा कार्यरत दक्ष स्वास्थ्यकर्मीहरुद्धारा TT इन्जेक्सन

भक्तपुर । हेल्पिङ ह्यान्ड फेल्ट क्राफ्टका ८० जना कर्मचारीहरुलाई बेकोजू फार्मेसी सूर्यविनायक भक्तपुरमा कार्यरत दक्ष स्वास्थ्यकर्मीहरुद्धारा TT इन्जेक्सन लगाइदिएका छन् । हेल्पिङ ह्यान्ड फेल्ट क्राफ्टले 
आफ्ना कर्मचारीहरूको स्वास्थ्य र कल्याणलाई प्राथमिकता दिँदै ‘हेल्पिङ ह्यान्ड’ नामक विशेष कार्यक्रम सञ्चालन गरेको हो। त्यही कार्यक्रम अन्तर्गत इन्जेक्सन लगाइदिएको हो । 
संस्थाको परिसरमा आयोजित कार्यक्रममा कर्मचारीहरूको स्वास्थ्य परीक्षण तथा आवश्यक उपचारसम्बन्धी परामर्श प्रदान गरिएको थियो। कार्यक्रममा स्वास्थ्यकर्मीहरूको टोलीले कर्मचारीहरूको सामान्य स्वास्थ्य अवस्था परीक्षण गर्नुका साथै आवश्यक स्वास्थ्य सामग्रीसमेत उपलब्ध गराएको जनाएको छ।
कार्यक्रमका क्रममा कर्मचारीहरूको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिइएको थियो। संस्थाले आफ्ना कर्मचारीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यलाई सुदृढ बनाउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
कार्यक्रममा सहभागी कर्मचारीहरूले यस्ता स्वास्थ्यमुखी गतिविधिले कार्यस्थलमा सकारात्मक वातावरण सिर्जना गर्नुका साथै कर्मचारीहरूको मनोबल बढाउन सहयोग पुग्ने बताएका छन्। संस्थाले आगामी दिनमा पनि कर्मचारी कल्याणका विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
हेल्पिङ ह्यान्ड फेल्ट क्राफ्ट नेपालमा हस्तनिर्मित फेल्ट उत्पादनमार्फत महिला सशक्तीकरण र रोजगारी सिर्जनामा सक्रिय सामाजिक उद्यमका रूपमा परिचित छ।

फाेटाेमा हेर्नुहाेस्...

बेकोजू फार्मेसी सूर्यविनायक भक्तपुरमा कार्यरत दक्ष स्वास्थ्यकर्मीहरुद्धारा TT इन्जेक्सन

Comments

ताजा खबर