बोडेमा दुई दिने आत्मरक्षा तालिम सम्पन्न


जेठ २९, २०८३, शुक्रबार | राति ०९:४६ बजे | 150


बोडेमा दुई दिने आत्मरक्षा तालिम सम्पन्न

भक्तपुर । जेष्ठ २९ गते । मध्यपुर नगरपालिका वडा नं. 8 को आयोजनामा जेष्ठ २८ र २९ सामुदायिक विद्यालय, संस्थागत विद्यालयका किशोरी, शिक्षिका तथा बोदेका विभिन्न महिला समुहका लागि दुई दिने आत्मारक्षा तालिम मध्यपुर नपा वडा नंं 8 का वडाअध्यक्ष रमेश थापा श्रेष्ठको प्रमुख आतिथ्यमा निलबाराही ब्याङक्वेट, बोदेमा सम्पन्न भयो ।

“मेरो सुरक्षा म आफै गर्न सक्छु ।” भन्ने मुल नारासाथ किशोरी, शिक्षिका तथा बोदेका विभिन्न महिला समुहहरुलाई लक्षित गर्दै संचालित दुई दिने आत्मरक्षा तालिम कार्यक्रमको समापन कार्यक्रममा मध्यपुर नपा वडा नं. ९ का वडाअध्यक्ष रमेश थापा श्रेष्ठले आत्मरक्षा तालिमले किशोरी, शिक्षिका तथा महिलाहरुलाई लक्षित यस आत्मरक्षा तालिमले सबैको मनोबल बढ्ने तथा भैपरिआउने स्थितिमा आफुलाई सुरक्षा गर्न सक्ने छ भन्नुभयो । दुई दिने चेतनामुलक आत्मरक्षा तालिमको प्रमुख प्रशिक्षक पद्मा खयरगोलीले आत्मरक्षासँग सम्वन्धित विभिन्न विषयबारे प्रकाश पार्दै समाजिक परिस्थिति, कानुनी अपराध, नियमकानुन, आपतकालिन अवस्थाका लागि शारिरीक बल भन्दा टेक्निकल टिप्स आदिबारे जानकारी दिनुभयो साथै प्रशिक्षक रविन्द्र श्रेष्ठले आत्मरक्षासँग सम्वन्धित दैनिक अभ्यास तथा टेक्निकल टिप्सहरु प्रशिक्षार्थीहरु माझ प्रयोगात्मक तरिकाहरु प्रस्तुत गर्नु भएको थियो ।

आत्मरक्षा तालिमको समापन कार्यक्रममा मध्यपुर नपा वडा नं 8 वडाअध्यक्ष रमेश थापा श्रेष्ठबाट प्रशिक्षकहरु पद्मा खयरगोली तथा रविन्द्र श्रेष्ठलाई कदरपत्र प्रदान गर्नु भएको उक्त कार्यक्रमको संयोजन सुरेन्द्र था श्रेष्ठले गर्नुभएको थियो भने वडा 8 का महिला सदस्य उज्वला थापा श्रेष्ठ, मनिषा परियार तथा वडा सचिव रञ्जन प्रजापतिको सकृय सहभागिता थियो । मनपा वडा नंं 8 बोदेका स्थानीय सामुदायिक तथा निजी विद्यालयहरु लोटस इनोभाटी स्कुल, प्राइम एकेडेमी, एडभान्स एकेडेमी, बोडे मावि, लर्ड बुद्ध ई सेकेण्डरी स्कुल, ग्लाडस्टोन एकेडेमी, ग्यानसुधा पाठशालाका १५० किशोरी तथा शिक्षिका लगायत मध्यपुर वडा नं. 8 बोदे विभिन्न महिला समुहहरुका प्रतिनिधीहरुको सकृय सहभागीता थियो ।

फाेटाेमा हेर्नुहाेस्...

बोडेमा दुई दिने आत्मरक्षा तालिम सम्पन्न

Comments

ताजा खबर