आज अजमेरा फेसन डिजिटल एक्सिलेन्स अवार्ड २०२६ हुँदै


जेठ ३०, २०८३, शनिबार | दिउँसो ०२:३८ बजे | 60


आज अजमेरा फेसन डिजिटल एक्सिलेन्स अवार्ड २०२६ हुँदै

काठमाडौं । फेसन, सिर्जनशीलता, कथावाचन (स्टोरीटेलिङ) तथा डिजिटल प्रभावका क्षेत्रमा योगदान पुर्‍याउने सर्जक तथा कन्टेन्ट क्रिएटरहरूलाई सम्मान गर्ने उद्देश्यले ‘Ajmera Fashion Digital Excellence Awards 2026’ आज काठमाडौंमा आयोजना हुँदैछ। ब्ल्याक बुल गार्मेन्ट ट्रेडिङ प्रालिको प्रस्तुति तथा अजमेरा फेसन प्रालिको आयोजनामा हुने उक्त कार्यक्रम जेठ ३० गते साँझ ६ बजेदेखि काठमाडौंको तीनकुनेस्थित सिद्धार्थ कटेजमा सञ्चालन हुने आयोजकले जनाएको छ।

आयोजकका अनुसार अवार्ड कार्यक्रमले पछिल्लो समय फेसन तथा डिजिटल क्षेत्रमा सक्रिय सर्जक, स्टोरीटेलर, इन्फ्लुएन्सर तथा कन्टेन्ट क्रिएटरहरूको योगदानलाई सम्मान गर्दै उनीहरूको सिर्जनशील कार्यलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ। कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गरिनेछ।

कार्यक्रममा फेसन क्षेत्रका व्यवसायी, कलाकार, सामाजिक सञ्जाल प्रभावक, डिजिटल क्रिएटर तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकले यसलाई सिर्जनशीलता, नेटवर्किङ, प्रेरणा र सम्मानको साझा मञ्चका रूपमा प्रस्तुत गरेको जनाएको छ।

कार्यक्रमलाई प्रिफ्याब प्यानल नेपाल, १०० पसल कुमारीपाटी, जेबी अटोमोटिभ तथा कलश स्टक मार्केटलगायत संस्थाहरूले सहयोग गरेका छन्।

नेपालमा पछिल्ला वर्षहरूमा डिजिटल कन्टेन्ट सिर्जना र फेसन उद्योगको विस्तारसँगै यस्ता अवार्ड कार्यक्रमहरू पनि बढ्दै गएका छन्, जसले नयाँ प्रतिभाहरूलाई प्रोत्साहन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

Comments