डा.इवामुरा अस्पतालमा अनलाइन ओ.पि.डी सेवा सुरु


भदौ १५, २०७७, सोमबार | विहान ०९:२२ बजे | 75


भक्तपुर । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण मानिसहरुवीच सामाजिक दुरी कायम गर्नुपर्ने अवस्थालाई मध्यनजर गरी भक्तपुरस्थित डा. इवामुरा मेमोरियल अस्पतालले विरामीहरुका लागि अनलाइन ओ.पि.डि सेवा संचालन गरेको छ ।
अस्पतालका बजार व्यवस्थापक जीवन मारिखुले यो सेवा लिनका लागि सेवाग्राहीले जुम नामका प्लाटफर्म मार्फत डाक्टरसंग प्रत्यक्ष आफूलाई आवश्यक परेको सेवा लिन सकिने बताए । अस्पतालसम्म आउनु नपर्ने र घरमै बसेर डाक्टरसंग सेवा लिन सकिने मारिखुले जानकारी दिए । साथै इवामुरा अस्पतालले आफ्ना विरामीहरुका लागि अनलाइन मार्फत ल्यावका रिर्पोटहरु फोनमा सुविधा दिने रहेको जनाइएको छ । यो सम्बन्धी बुझ्नको लागि वेभसाइत www.iwamurahospital.com मार्फत जानकारी लिन सकिने जनाइएको छ ।

फाेटाेमा हेर्नुहाेस्...

Comments