भोलि बनेपामा एकदिने बनेपा महोत्सव (अन्तर्वार्ता)
पुष ३०, २०७९, शनिबार | विहान ०३:१९ बजे | 20
१. बनेपा महोत्सवको सोच कसरी आयो ?
काभ्रेपलाञ्चोक जिल्ला लगायत आसपासका अन्य तिन जिल्लाहरुको व्यापारिक केन्द्रका रुपमा परिचित यस बनेपा परापुर्वकाल देखि नै मानवबस्ती बस्दै आईरहेको प्राचिन क्षेत्र हो । यो एक व्यापारिक केन्द्रका रुपमा विगतमा खुब प्रचारमा रहेको पाईन्छ तर यहाँको सास्कृतिक महत्वका पक्षहरुलाई भने कसैले पहिचान गर्न नसकेको पाईएको छ । यहाँ रहेको अपार सास्कृतिक महत्वले भरिपुर्ण सम्पदा क्षेत्रको उजागर गरी सास्कृतिक पर्यटनको विकासको अवसरलाई पहिचान यस प्राचीन बनेपा महोत्सवको सोच अघि बढेको हो ।
२. महोत्सव कहिलेदेखि शुरु हुदैछ ?
प्राचिन बनेपा महोत्सव माघे संग्रान्तिको दिन माघ १ गते एकदिने महोत्सवका रुपमा आयोजना हुदैछ । उक्त दिन सार्वजिनक विदा रहेको र विहान घरमा पर्व मनाई दिउसो परिवारका साथ यस महोत्सव अवलोकन गर्न समय अनुकुल रहने आशा गरेका छौ ।
३. बनेपा महोत्सव किन हुदैछ ?
व्यापारिक केन्द्रका रुपमा परिचित यस क्षेत्रका अधिकाशं स्थानीयहरु व्यापारी नै छन् । तर सास्कृतिक पक्षका महत्व बोकका सम्पदा क्षेत्रहरु नाश हुदै गईरहेको कारण यसको जर्गेना, प्रर्वद्धन गरी सास्कृतिक पर्यटनको विकास गर्ने र स्थायी रुपमा सम्पदा क्षेत्रका रुपमा स्थापित गर्नका लागि यस क्षेत्रलाई स्थानीय निकाय बाटै संरक्षित सम्पदा क्षेत्र घोषणा गरी त्यसअनुसारको निति नियम तर्जुमा गर्नुपर्नेमा जोड गराउनका लागि पनि यस महोत्सवको आयोजना गरिएको हो ।
४. महोत्सवमा कस कसले सहयोग गर्दैछ ?
प्राचिन बनेपा महोत्सवको प्रमु सहयोगी संस्थाका रुपमा बनेपा नगरपालिका र काभ्रे उद्योग वाणिज्य संघ रहेको छ । महोत्सवका अन्य विभिन्न कार्यक्रम सहयोगीका रुपमा स्थानीय टोलबासी, विभिन्न संघ संस्थाहरुको भुमिका रहेको छ ।
५. स्थानीय कला संस्कृति बचाउने त स्थानीयले निकायले होला । स्थानीय निकायको सहयोग कस्तो होला ?
अवश्य पनि स्थानीय निकायको पहल कदमी विना कला सस्कृति बचाउन धौ धौ नै पर्दछ । यस कुरालाई मनन गरी यस मञ्चले स्थानीय नगरपालिका लगायत वडा कार्यालयहरु सँग समन्वय गरी यस महोत्सवलाई अगाडि बढाएका छौ । आशा छ भविश्यमा पनि यस्ता कार्यक्रमहरुका लागि स्थानीय निकाय सँगको समन्वय अझ अघि बढने छ ।
६. महोत्सवका खास विषेशताहरु के के हुन ?
यस महोत्सवमा यस प्राचिन क्षेत्रमा भएका सम्पुर्ण कुराहरुलाई नै प्रस्तति गर्न खोजेको छौ । यहाँ रहेका सास्कृतिक नृत्य, बाजागाजा, नेवारी खाजा, भोज, माटोका भाडाकुडा बनाउने, पुराना फोटो, आर्ट , लाखे नाच, किताव प्रर्दशनी, रन्जना लिपि लेखन लगायतका कार्यक्रमहरु समावेश रहेको छन ।
७. महोत्सवको अनुमानित लागत कति छ ?
महोत्सवको अनुमानित लागत करिब पन्ध्र लाख रुपैया रहेको छ
८. के कस्ता स्टलहरु हुन्छन् महोत्सवमा ?
यस महोत्सवमा प्रर्दशनीका रुपमा स्थानीय उत्पादित बस्तुहरुको स्टल, नेवारी खाजाहरुको स्टल, किताव प्रर्दशनी स्टल, लगायतका स्टलहरु हुन्छन ।
९. बनेपा महोत्सव बनेपालीहरुको मात्रै कि अरुको पनि ?
बनेपा महोत्सव विशेषतः बनेपा भन्दा बाहिर बसोबास गर्नेहरुका लागि आयोजना गरिएको महोत्सव हो । प्राचिन बनेपा नचिनेकाहरुलाई चिनाउने नै यसको मुख्य उद्धेश्य रहेको हुदाँ यस महोत्सव सम्पुर्ण सम्पदा प्रेमीहरुको महोत्सवका रुपमा हुनेछ ।
१०. सहभागिताको अपेक्षा कस्तो छ ?
माघ १ गते माघे संग्रान्ति रहेको र उक्त पर्वमा सार्वजनिक विदा रहेको हुदा पनि घरका सपरिवार महोत्सवमा सहभागिता हुने अपेक्षा गरका छौ । अनुमानित रुपमा करिब २५००० भन्दा माथि सहभागिता रहने अपेक्षा गरेका छौ ।