देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना पिडित संघर्ष समितिको अध्यक्षमा याकामी


पुष २७, २०७९, बुधबार | दिउँसो ०३:२१ बजे | 25


देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना पिडित संघर्ष समितिको अध्यक्षमा याकामी

भक्तपुर । भक्तपुर न पा द्वारा संचालित देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना पिडित संघर्ष समितिको अधिबेशन बुधबार चोङ्गा गणेश।स्थान भक्तपुरमा सम्पन्न भयो । अधिवेशनले गोपालकृष्ण याकामीको अध्यक्षतामा नयाँं कार्यसमिति गठन गरिएको छ । 
 आयोजनाका नाममा जथाभावी जग्गा कटौटि, पुर्वाग्रहि व्यवहार, अन्याय, नितिगत  भ्रष्टाचार अनि जवर्जस्ति उठिबास किमार्थ सह्य छैन। भनी उनीहरु आन्दोलित छन् । पिडितको संख्या र पिडितको पीडा सम्बोधन नहुने हो भने वाध्यताबस् संघर्ष समितिले सशक्त संघर्षमा जान चेतावनी उनीहरुले दिएको छ । 

Comments