आज पृथ्वी जयन्ती ः राष्ट्रियता जोगाउन कसको भूमिका कति ?
पुष २७, २०७९, बुधबार | विहान ०४:३६ बजे | 60
बि.सं १८२६ सालमा भक्तपुर राज्यलाई पृथ्वीनारायण शाहका सैनिकहरुले पराजित गरेपछि बनेको समृध नेपालको राष्ट्रपिताको रुपमा राजा पृथ्वीनारायण शाहको उदय भयो । गोरखा राज्यबाट राज्य बिस्तारको अभियान सुरु गरेका पृथ्वीनारायण शाहले वि.सं. १८०१ मा नुवाकोट, वि.सं. १८२० मा धुलिखेल र पनौती र वि.सं. १८२४ मा किर्तिपुर माथी बिजय हासिल गरेपछि बाँकी रहेका तीन शहर माथी पालै संग वि.सं. १८२५ कान्तिपुर र ललितपुर र वि.सं. १८२६ मा भक्तपुर जिति सकेपछि एकीकरणको कार्य समाप्त भयो । वि.सं. १८३१ मा उहाँको देहावसान पछि उनका कान्छा छोरा बहादुर शाहको उदय भयो । त्यस समयमा पश्चिममा रहेको शक्तिशाली राज्य पाल्पासंग नाता गांसेर बाइसे चौबिसे राज्यहरु माथी बिजय प्राप्त गरे । यसै समयमा नेपालको सिमाना पुर्वमा टिस्टा र पश्चिममा कांकडा सम्म फैलेको थियो । अन्तमा राजकाजको फोहरी खेलले गर्दा बहादुर शाह काशी पलायन हुनु पर्यो । समय बित्दै गयो । राजनैतिक फोहरी खेल चल्दै गर्यो । उता भारतमा अंग्रेजहरुले उदय भयो । अंग्रेजहरुले सिमा बिस्तार गर्न थालियो । यता नेपालमा फोहरी खेलको अन्त हुन सकेन । बि.सं १८७४ मा जन्मेका जंग बहादुर राणाले वि.सं. १९०३ मा कोट पर्व रच्दै नेपाली राजनीतिमा निरंकुश शासन लाडिएर श्री ३ महाराज भए । उनले अंग्रेजहरुसंग साम, दाम, दण्ड, भेट गरि नेपालको अखण्डता जोगाएर राखे । उहाँको चतुर्याइँका कारण उहाँलाई अंग्रेजहरुले नेपालमा शासन गर्न दिएका थिए । जसका कारण आज हामी "हाल सम्म दास नभएको देश" भनेर चिनिन पाएका छौ ।
अब भन्नुस राष्ट्रियता जोगाउन कसको भूमिका कति रहयो ?
किंवदन्तीमा भक्तपुर, GR Ranjit and 19 others