चाँंगुनारायण नगरपालिकाको नगर अधिवेशन सुरु


पुष २६, २०७९, मङ्गलबार | दिउँसो १२:०१ बजे | 60


चाँंगुनारायण नगरपालिकाको नगर अधिवेशन सुरु

भक्तपुर । भक्तपुरको चाँंगुनारायण नगरपालिकाले १२ औ नगर अधिवेशन मंगलबारदेखि सुरु भएको छ । 
अधिवेशनमा नगर उपप्रमुख रमेश वुढाथोकीले भौतिक तथा पूर्वाधार विकासलगायतको विषयमा प्रगति विवरण प्रस्तुत गरे । नगरपालिकाको उपभोक्ता समिति वा लाभग्राही समुदायमार्फत् सार्वजनिक निर्माण सम्वन्धी कार्यविधि २०७९ कार्यपालिकाबाट २०७९ भदौ २६ मा स्वीकृत भई कार्यान्वयनमा ल्याइएको प्रतिवेदन उनले प्रस्तुत गरे । त्यस अनुसार चालू आर्थिक वर्षमा कुल योजना संख्या पाँंच सय ३० योजनाहरुमध्ये हालसम्म दुई सय दुई योजनाका काम सुरु भएको सुनाए । उपभोक्ता समितिमार्फत् एक सय ७५ र ठक्के प्रक्रियामार्फत २७ वटा योजनाहरु सम्झौता भई काम सुरु भएको उनले जनाए ।
नगरसभामा उपमेयर वुढाथोकीले आर्थिक वर्ष २०७९।८० को शंशोधिन नीति तथा कार्यक्रम र अर्धवार्षिक समिक्षा पेश गरे । भौतिक पूर्वाधार विकासतर्फलगायत विभिन्न शीर्षकहरुमा उनले प्रगति प्रतिवेदन प्रस्तुत गरे । आयव्यय विवरणका साथै शिक्षा तथा खेलकुद, महिला शशक्तीकरण बालवालिका तथा अन्य लक्षित कार्यक्रम, संघसंस्था समन्वय परिचालन, सामाजिक सुरक्षा भता वितरण, घटना दर्ता वितरण, स्वास्थ्य, सूचना प्रविधि, खानेपानी सरसफाई तथा स्वच्छता कार्यक्रम, सहकारी, पशुपंक्षी सेवा, कृषि सेवा, सहरी विकास तथा भबन निर्माण, रोजगार सेवा केन्द्र, न्यायिक समितिलगायतका उपशीर्षकहरुमा प्रगति प्रतिवेदन वाचन गरे । 
नगर प्रमुख जीवन खत्रीले सञ्चालन गरेको नगरसभामा उपप्रमुख वुढाथोकीसहित विभिन्न वडाका वडा अध्यक्ष तथा विभिन्न समितिका अध्यक्षहरुले विभिन्न विषयमा प्रगति प्रतिवदेन पेश गरेका थिए । उनीहरुले भवन निर्माण मापदण्ड, शिक्षा ऐनलगायतका विषयमा नगर सभा समक्ष प्रस्तुत गरेका थिए । 
नगरसभामा उपप्रमुख वुढाथोकीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र अर्धवार्षिक समिक्षामा प्रस्तुत प्रगति प्रतिवेदनमाथि विभिन्न वडाका वडाअध्यक्ष तथा नगरसभाका कार्यपालिका सदस्यहरुले आआफनो धारणा राखेका थिए । नगरसभाको बैठक बिहीबार पनि वस्ने जनायो ।  
कृषि पर्यटन र सामाजिक पूर्वाधार ःसमृद्ध चाँंगुनारायणको मुल आधार भन्ने नाराका साथ भक्तपुरको चाँंगुनारायण नगरपालिका अघि वढेको छ । तर अहिलेसम्म चाँंगुनारायण नगरपालिकाले आफनै कार्यालय भबनसम्म निर्माण गर्न सकेको छैन । चाँंगुनारायण नगरपालिकाको कार्यालय अहिले भक्तपुरको खरिपाटीको भबनमा भाडामा छ ।
भक्तपुरमा चाँंगुनारायणसहित सूर्यविनायक, मध्यपुर थिमि र भक्तपुर गरी चार वटा नगरपालिकाहरु छन् । यीमध्ये चाँंगुनारायण र सूर्यविनायक नयाँं नगरपालिकाहरु हुन् । दुई नगरपालिका थपिएसँंगै भक्तपुर गाउँं विकास विहिन जिल्ला बनेको थियो ।  
 



फाेटाेमा हेर्नुहाेस्...

चाँंगुनारायण नगरपालिकाको नगर अधिवेशन सुरु

Comments