समदर्शीको सहकारी वनभोज कार्यक्रम सम्पन्न
पुष २५, २०७९, सोमबार | विहान ०५:०७ बजे | 25
यस् समदर्शी बचत तथा ऋण सहकारी सस्थाको युवा उपसमिति , महिला तथा बालबालिका उपसमिति र अतिथि सत्कार उपसमिति को संयुक्त आयोजनामा चुच्चे ढुंगा देवीस्थान धुलिखेलमा सहकारी वनभोज कार्यक्रम सप्पन्न भयो ।
२ सय भन्दा बढीको सहभागी सदस्यहरुलाइ बनेपा स्थित चन्देश्वरी मन्दिर तथा सिलु महादेवको दर्शन गराइ धुलिखेलको देवीस्थानमा वनभोज आयोजना गरिएको थियोे ।
कार्यक्रममा बाल सदस्य ,महिला सदस्य लगायतलाई लक्ष्यित गरि विभिन्न खेलको आयोजना गरिएको थियो । बिजयी खेलाडीलाई पुरस्कर बितरन कार्यक्रममा सस्थाको सल्लाहकार समिती संयोजन बिश्वोमोहन जोशीले पुरस्कार बितरन गर्नुभयेको थियो ।साथै सदस्यको लागि मनोरञ्जनात्मक कार्यक्रमको पनि आयोजना गरिएको थियो ।
बिगत दस बर्ष देखि निरन्तर रुपमा सहकारीले सदस्यहरुको लागि धार्मिक तथा पर्यटकीय स्थलमा सहकारी वनभोज कार्यक्रमको आयोजना गर्दै आएको छ।