एभरेष्ट स्कुलका विद्यार्थीले गरे पुस्तकबारे अन्तरक्रिया


पुष २४, २०७९, आइतबार | दिउँसो ०१:३३ बजे | 35


एभरेष्ट स्कुलका विद्यार्थीले गरे पुस्तकबारे अन्तरक्रिया

भक्तपुर । एभरेष्ट स्कुल मिवाछें व्यासी भक्तपुरका छात्रछात्राहरुले आइतबार पुस्तकबारे अन्तरक्रिया गरेका छन् ।  काठमाडौ सडकको एक कुकुरबारे लेखिएको पुस्तक ‘साथी’ बारे विद्यार्थीले लेखिकासँंग् छलफल गरेका हुन् । 
कार्यक्रममा कुकुरको अधिकार कानुन निर्माणमा जोड दिइयो । विशेष गरेर सडक तथा गल्लीका कुकुरहरुमाथि अमानविय व्यवहार गरेको भन्दै त्यस्ता मानिसमाथि कारबाही गर्नसक्ने गरी कानुन निर्माण गर्नुपर्नेमा जोड दिइयो ।
पुस्तककी लेखिका जुलु प्यालेले अमेरिका लगायतका देशहरुमा कुकुरको अधिकारबारे कानुन रहेको भन्दै नेपालमा पनि यस्ता कानुन आवश्यक भएको बताइन् । अमेरिकी लेखिका तथा पुश अधिकारकर्मी पुस्तक लेखिका जुलुले स्कुलका विद्यार्थीसँंग आफनो पुस्तकबारे चर्चा गर्दै कुकुरमाथिको अन्याय अपराध भएको बताइन् ।
कार्यक्रममा लेखिका जुलीले कुकुरको अधिकारमा केन्द्रित गरेर सत्य घटनामा आधारित भएर पुस्तक लेखेको सम्झिन् । ‘यो पुस्तक काठमाडौंको सडक तथा गल्लीहरुमा जीवन विताउने एक सडकको कुकुरको सत्य घटनामा आधारित कथो हो, उनले भनिन्, ‘जुलाई २०२० मा सोनाम याङगजोमनले सधैझै सडकका कुकुरहरलाई खाना खुवाउने क्रममा एकदिन तिनीहरुमध्ये एउटा कुकुर घाइते भेटनुहुन्छ, जसलाई आफनो घर वरिपरि घुमिरहयो भन्ने रिसले एक महिलाले उम्लिरहेको पानीले त्यस कुकुरको ढाडमा छयापेर घाइते बनाएकी थिइन् ।’
त्यही कुकुरमाथि लेखिएको सत्य घटनामा आधारित पुस्तक साथी रहेको उनले सुनाए । कार्यक्रममा विद्यार्थीले लेखिका जुलीसँंग अन्तरक्रिया गरेका थिए । उनीहरुले त्यस कुकुरको अवस्थाबारे जानकारी लिएका थिए । उतरमा जुलीले अहिले त्यो कुकुर क्यानडामा खुशीसाथ रहेको सुनाइन् । उनका अनुसार त्यो कुकुरलाई एकजनाले एडप्त (पालनपोषण) गरिराखेको छ । विद्यालयका बालबालिकासँंग लेखक कार्यक्रम २०७९ अन्तर्गत कार्यक्रम भएको थियो । 
कार्यक्रममा स्कुलका विद्यार्थीहरुले कुकुर पुस्तकमाथि समिक्षा पनि प्रस्तुत गरेका थिए । साथै विद्यार्थीले लेखिकासँंग अटोग्राफी पनि लिएका थिए ।  
कार्यक्रममा स्कुलका एकेडेमिक कोअर्डिनेटर संगीता किवाछेंले विद्यार्थीमा पुस्तक अध्ययनको वानी वसाउन स्कुलले यस्ता कार्यक्रमहरु गर्दै आएको जनाइन् । त्यस अवसरमा उनले पुस्तककी लेखिका जुलीलाई मायाको चिनो वितरण गरेकी थिइन् । 
कार्यक्रममा बाल साहित्य प्रतिष्ठान नेपालका अध्यक्ष कार्तिके घिमिरेले विद्यार्थीमा पुस्तक पठन संस्कृतिको विकासका लागि देशैभरि पुस्तकका लेखक लेखिकाहरुसँंग विभिन्न विद्यालयहरुमा छलफल अन्तरक्रिया गराइरहेको जानकारी गराए । फरकफरक स्कुलमा फरकफरक बाल साहित्यबारे लेखक लेखिकाहरुसँंग अन्तरसंवाद गराउँंदै आएको उनले जनाए । 

फाेटाेमा हेर्नुहाेस्...

एभरेष्ट स्कुलका विद्यार्थीले गरे पुस्तकबारे अन्तरक्रिया

Comments