डा बाबुराम भटराई माओवादी पस्ने तयारी


पुष २४, २०७९, आइतबार | विहान ०४:५६ बजे | 50


डा बाबुराम भटराई माओवादी पस्ने तयारी

डा बाबुराम भट्टराई अध्यक्ष रहेको नेपाल समाजवादी पार्टी (नेसपा)को राजनीतिक समितिको बैठक बस्दैछ।  

वाम दलहरुबीच एकताको पहल गर्न पार्टीको तर्फबाट वार्ता टोली गठन गर्न बैठक बस्न लागेको पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिए।  

बैठक  ११ बजे पार्टी कार्यालय सुविधा नगर तीनकुनेमा बस्ने छ।  यस अघि नेकपा माओवादी केन्द्रको बैठकले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वार्ता टोली गठन गरेको छ।

हिजो शनिबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल  र नेसपा अध्यक्ष डा बाबुराम भट्टराईबीच पार्टी एकताबारे छलफल भएको थियो।गत मंसिर ४ को निर्वाचनमा नेसपाले माओवादी केन्द्रको चिह्नबाट चुनाव लडेको थियो। चुनाव लगतै पार्टी एकीकरण हुने कुरा पनि बाहिर आएको थियो।  


Comments