सगरमाथा आरोही कल्पनाले थालिन् बालविवाहविरुद्ध अभियान


पुष १४, २०७९, बिहीबार | दिउँसो ०१:२१ बजे | 35


सगरमाथा आरोही कल्पनाले थालिन् बालविवाहविरुद्ध अभियान

ललितपुर । सगरमाथा आरोही एवं पत्रकार कल्पना महर्जनले ललितपुरको महालक्ष्मी नगरपालिकामा बालविवाहविरुद्ध अभियान थालेकी छिन् । त्यसका लागि उनले नगरपालिकाभित्र रहेका एक सय २५ स्कुलका प्रिन्सिपलहरुको भेला गरेकी छिन् । बालविवाहविरुद्ध यसअघि पनि अभियानमा रहेकी उनले महालक्ष्मी नगरपालिकामा यसविरुद्ध अभियान थालेकी हुन् । 
प्रिन्सिपलहरुको भेलामा सगरमाथा आरोही महर्जनले राजधानीसँंगै जोडिएको ललितपुरमा पनि अझै बालविवाह रहेको भन्दै दुःख व्यक्त गरिन् । उनले भनिन्, हाम्रै महालक्ष्मी नगरपालिका क्षेत्रका दुर्गम ठाउँंमा पनि बालविवाह अझै कायम छ ।
उनले यसका विरुद्ध सवै एकजुट भइ लाग्नुपर्ने आवश्यकता औल्याइन् । त्यसकारण आफनो अभियानमा साथ दिन उनले सवैसँंग आग्रह गरिन् । अभियानका लागि आर्थिक, भौतिक, नैतिक सहयोगको लागि उनको आग्रह थियो । 
बालविवाहको समस्या नेपालको तराई मधेस क्षेत्रमा बढी छ । शिक्षित समुदायमा भन्दा चेतना स्तर कम भएका, आर्थिक सामाजिक रुपमा पछि परेका मुसहर, चमार, डोम, मुस्लिम जस्ता समुदायमा बढी पाइन्छ । यादव लगायत अन्य समुदायमा पनि धेर थोर समस्या छ । 
त्यसो त नेपाल विश्वमा बालविवाह बढी हुने देश मध्ये दशौँ स्थानमा पर्दछ । दक्षिण एसियाली मुलुकमध्ये नेपालको बालविवाह र प्रजनन स्वास्थ्यका कारण मातृ मृत्युदर बढी छ ।
युनिसेफले सन २०१५ मा गरेको सर्वेक्षण अनुसार सप्तरी बालविवाह बढी हुने जिल्लाहरूमा पहिलो स्थानमा पर्दछ । नेपालमा हुने वाषिर्क बालविवाहको ८३ प्रतिशत सप्तरी जिल्लामा हुने गर्छ । राष्ट्रिय समस्याको रुपमा रहेको बाल विवाह प्रदेश नं २ मा अझ जटिल समस्याको रुपमा छ ।

Comments