वागीश्वरी कलेजका सामाजिक कार्यका विद्यार्थीहरुको शिविर लमजुङको ताघ्रिङमा
पुष १३, २०७९, बुधबार | विहान १०:५९ बजे | 55
भक्तपुर, १३ पुस । वागीश्वरी कलेजमा अध्ययनरत स्नातक तहका सामाजिक कार्य दोस्रो वर्षका विद्यार्थीहरुको चार दिने हिउ“दे ग्रामीण शिविर लमजुङस्थित ताघ्रिङको छापाडा“डामा सम्पन्न भयो ।
उक्त शिविरको समापन समारोहमा प्रमुख अतिथि मस्र्याङ्दी गाउ“पालिकाका प्रमुख अर्जुन गुरुङले सामाजिक कार्यका विद्यार्थीहरु स्थापित जनशक्तिमा रुपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
भक्तपुरबाट आएर छापाडा“डाको संस्कृति, भूगोल, इतिहास आदिबारे अध्ययन गरेकोले विद्यार्थीहरुलाई धन्यवाद दि“दै उहा“ले श्री प्रेम मिलन माध्यमिक विद्यालय र वागीश्वरी माध्यमिक विद्यालयबीच भगिनी सम्बन्ध कायम गर्न सक्ने अभिलाषा व्यक्त गर्नुभयो ।
सो गाउ“पालिकाका सामाजिक विकास समितिका संयोजक एवं वडा नं. ७ का वडाअध्यक्ष तिलबहादुर गुरुङले भक्तपुरका विद्यार्थीहरु र स्थानीय गुरुङ समुदायका विद्यार्थीहरुबीच मितेरी सम्बन्ध गा“सी गुरुङ संस्कृतिलाई जीवन्तता दिनुपर्ने बताउनुभयो ।
श्री प्रेम मिलन माध्यमिक विद्यालयका प्रधानाध्यापक कुलप्रसाद गुरुङले ताघ्रिङलाई अध्ययन क्ष्ँेत्र बनाएकोमा खुशी प्रकट गर्दै लमजुङ जिल्ला भुगोलविद हर्क गुरुङ, राष्ट्रकवि माधवप्रसाद घिमिरे र राष्ट्रिय विभूति भक्ति थापाको जन्मस्थल हो भन्नुभयो ।
वागीश्वरी कलेजका सामाजिक कार्यका शिक्षक एवं सभापति मंगलेश्वर ध्वजूले भक्तपुर र लमजुङ जिल्लाको समानताबारे चर्चा गर्दै सामाजिक कार्य शिविरको महŒव र उद्देश्यबारे पनि प्रष्ट्याउनुभयो ।
कलेजका शिक्षक सुन्दर ग्वाछाले सम्पूर्णमा धन्यवादज्ञापन गर्नुभयो । सुनौलो आमा समूह, आम जनसमुदायको बाक्लो उपस्थितिमा सम्पन्न सो कार्यक्रममा विद्यार्थीहरु भावना भडेल, दिपिका अधिकारी, स्पर्णिमा थापा, मिलन श्रेष्ठ, रेश्मा श्रेष्ठ, मेनका ब्याञ्जु, निगिसा कपालीलगायतले बोल्नुभएको थियो ।
शिविरको पहिलो दिन आमा समूह र विद्यालयले शिविरमा सहभागीहरुलाई भव्य स्वागत गरेको थियो । सो कार्यक्रममा टोल संयोजक शेरबहादुर गुरुङ, आमा समूहका मनिता गुरुङ, जेष्ठ नागरिक गोपाल गुरुङले शिविरको सफलताको कामना गर्नुभयो । जम्मा चौध घरधुरीमा विद्यार्थीहरु होम स्टेमा बसेका थिए ।
शिविरको दोस्रो दिन प्रधानाध्यापक कुलप्रसाद गुरुङले लमजुङ जिल्लाको परिचय दिनुभयो । पा“च समूहमा विभाजित विद्यार्थीहरुले ६० घरधुरीलाई नमुना छनौट गरी स्वास्थ्य, शिक्षा, यातायात, आर्थिक अवस्था र सामाजिक समस्याबारे सामाजिक सर्वेक्षण गरेका थिए । सो सर्वेक्षणपश्चात् आमा समूहका पदाधिकारीहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।