समदर्शीमा जग्गा नापजाँच तालिम सप्पन्न
पुष ३, २०७९, आइतबार | विहान ०८:५७ बजे | 40
भक्तपुर
यस समदर्शी बचत तथा ऋण सहकारी संस्था लि। को ब्यबसाय प्रबर्द्धन उपसमिति तथा युवा उपसमितिको संयुक्त आयोजनामा सदस्यको लागि जग्गा नापजाँच तालिम सम्पन्न भयो ।
संस्थाका संस्थापक अध्यक्ष तथा प्रबन्ध निर्देशक हरिराम लवजुले संस्थाको सबै उपसमितिलाई कृयाशिल बनाउन बर्ष भरिमा समिती उपसमितिले गर्ने कार्यक्रमको तालिका बनाइ अगाडि बढेको बताउनु भयो। संस्थाले सदस्यलाई आइपर्ने आर्थिक बाहेक अरु समस्या समाधानका लागि निरन्तर काम गर्दै आएको र अहिलेसम्म धेरै सदस्य लभान्बित भैसकेको बताउनु भयो।
संस्थाका अध्यक्ष रामकृष्ण मानन्धरले तालिमपछि जग्गामा सम्बन्धि काम गर्ने सदस्यलाई व्यावसायिक रुपमा अगाडि बद्न मद्दत मिल्ने बताउनुभयो । त्यस्तै तालिमले सामान्य ज्ञानले आफ्नै जग्गा नापजाँच गर्दा मिले नमिलेको आफै थाहा पाउन सकिने बताउनुभयो ।
ऋण उपसमिति सदस्य तथा इन्जिनियर सुरेन्द्र ख्याजुले सहभागीहरुलाई प्रशिक्षित गर्नुभएको कार्यक्रम ब्यबसाय प्रबर्द्धन उपसमिति संयोजन बद्रीप्रसाद अवालको सभापतित्वमा सप्पन्न भएको थियोे । कार्यक्रममा युवा उपसमिति सदस्य ज्ञानबहादुर मानन्धरले स्वागत गर्नु भएको थियोे भने ब्यबसाय प्रबर्द्धन उपसमिति सदस्य गिता दुवालले कार्यक्रम सन्चालन गर्नुभएको थियोे ।