अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गर्नेहरुलाई कदरपत्र वितरण
पुष ३, २०७९, आइतबार | विहान ०५:२४ बजे | 40
भक्तपुर । भक्तपुर नगरपालिकाको वार्षिकोत्सवको अवसर पारेर भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोष र ख्वप अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न रु. ५ लाखभन्दा बढी आर्थिक सहयोग गर्ने संघसंस्थालाई कदर पत्र वितरण गरिएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले कदरपत्र वितरण गर्नुभएको हो ।
सोही क्रममा कार्यक्रमका अतिथि सांसद सुरेन्द्रराज गोसाईले कोभिड १९ रोकथाम, नियन्त्रण र उपचार कार्यमा संलग्न भई सहयोग गर्ने कर्मचारीहरुलाई कदर पत्र वितरण गर्नुभएको थियो भने कार्यक्रमका सभापति प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाका उत्कृष्ट १० जना कर्मचारीलाई नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...