अब ३ दिन भारी वर्षा


भदौ ११, २०७७, बिहीबार | विहान १०:३० बजे | 25


मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिमतर्फ नजिक आएको छ । साथै बंगालको खाडीमा रहेको न्यून चापीय प्रणालीका कारण जलवाष्पयुक्त हावा पनि अहिले नेपाल भित्रिरहेको मौसमविद्ले बताएका छन्।  
जसका कारण अब केही दिन वर्षाको मात्रा बढ्ने अनुमान गरिएको छ ।  
मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनअनुसार शनिबारसम्म विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना छ ।  
बुलेटिनअनुसार आज दिउँसो देशभर सामान्यतया बदली रही  केही  स्थानमा  मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  बागमती, गण्डकी, प्रदेश  ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक(दुई  स्थानमा भने भारी वर्षासमेत हुने सम्भावना छ ।
यसैगरी राति पनि देशभर मौसम सामान्यतया बदली हुनेछ भने केही  स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । बागमती, गण्डकी, प्रदेश  ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक(दुई  स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
शुक्रबार
महाशाखाको बुलेटिनअनुसार शुक्रबार दिउँसो देशभर सामान्यतया बदली रही  केही  स्थानमा  मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  बागमती, गण्डकी, प्रदेश  ५, कर्णाली सुदूरपश्चिम प्रदेशका एक(दुई  स्थानमा भने भारी वर्षाको पनि सम्भावना छ ।  
यस्तै राति पनि देशभर सामान्यतया बदली रही  केही  स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने  बागमती, गण्डकी, प्रदेश  ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक(दुई  स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।  
 शनिबार
 दिउँसो देशभर सामान्यतया बदली रही  केही  स्थानमा  मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ र २ का एक(दुई  स्थानमा भारी वर्षाको सम्भावना छ ।
यस्तै राति पनि देशभर सामान्यतया बदली रही  केही  स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, २, बागमती र गण्डकी प्रदेश का एक(दुई  स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।  
यस्तै महाशाखाले आगामी २४ घण्टा (बुधबार बिहान ६ बजेदेखि बिहीबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले सचेत गराएको छ ।  
चेतावनीमा भनिएको छ–
बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश  ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक(दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

Comments