भक्तपुरमा कोरोनाबाट थप १ को मृत्यु


भदौ १०, २०७७, बुधबार | विहान ०६:०९ बजे | 40


भक्तपुरमा कोरोनाबाट थप १ को मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका–८ दोकाचाकी कोरोना संक्रमित ५३ वर्षीया महिलाको मंगलबार राति मृत्यु भएको हो ।


धुलिखेल अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको नगरपालिकाको सामाजिक विकास समिति संयोजक एवं वडाध्यक्ष किरण थापाले जानकारी दिए ।

सूर्यविनायक नगरपालिकामा अहिले सम्म कोरोना संक्रमित ३ जनाको मृत्यु भएको सूर्यविनायक नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बसन्त चापागाईले जानकारी गराए । जसमा वडा नं १ का १ जना र वडा नं ८ को २ जना रहेको उनले जानकारी गराए । हाल सम्म सुर्यविनायक नगरपालिकामा ८२ जना संक्रमित भएका छन् ।

ती महिलालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो । महिलाको परिवारका सात सदस्यको पीसीआर परीक्षणका लागि मंगलबार नै नगरका स्वास्थ्यकर्मीले स्वाब संकलन गरिसकेको उनले जानकारी दिए ।


Comments