भक्तपुरमा एकै परिवारको ५ जना कोरोना संक्रमित
भदौ ८, २०७७, सोमबार | विहान ११:५२ बजे | 55
भक्तपुर। भक्तपुर जिल्लामा आइतबार कोभिड–१९ संक्रमण पुष्टि भएकामध्ये पाँच जना एकै परिवारको रहेको खुलेको छ । भक्तपुर नपा वडा नं ४ घर भई हाल सुर्यबिनायक नपा वडा नं ६ पाण्डुबजारमा बस्दै आएका उनीहरूमा कोभिड–१९ पुष्टि भएको हो । उनीहरूमध्ये २३, ४९ र ७९ वर्षका महिला र ३५ वर्षका एक पुरुष छन् । एक जना महिलाको उमेर प्राप्त विवरणमा खुलेको छैन । केही दिनअघि सोही परिवारको एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । हाल उनी टेकु अस्पतालमा उपचाररत रहेको बताइएको छ ।