पुनः टोल टोलमा रक्तदान गर्दै सुडाल रेडक्रस
भदौ ८, २०७७, सोमबार | विहान ११:१४ बजे | 30
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालमा पुनः टोल टोलमा रक्तदान अभियान शुरु भएको छ ।
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि भएको बन्दाबन्दी र निषेधाज्ञाका कारण भक्तपुर रक्तसञ्चारमा रगतको अभाव भएकोले नेपाल रेडक्रस सोसाइटी सुडाल उपशाखाले टोल टोलमा रक्तदान अभियान सञ्चालन गरेको हो । शनिबारचा.न.पा. ८ को सुडालमा २५ जना पुरुष र १ जना महिला र मणिकर्णिका स्थानमा २२ जना पुरुष र १जना महिला सोमबार सय वंगालमा ३४ जना पुरुष र १ जना महिला गरी ८४ जनाले रक्तदान गर्नुभएको छ ।
रगतको मागभइरहेको तर रक्तदान नभएकोले रक्तदानका लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरले अनुरोध गरेको छ । रगत नपाए भक्तपुर जानु भन्ने अभियानलाई निरन्तरता दिदै यो असहज परिस्थितिलाई सहज बनाउनका लागि सरोकारवाला सबैलाई रक्तदानको वातावरण बनाई सहयोग गरिदिनुहुन नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरले अनुरोध गरेको छ । हामीप्रशासन, स्थानीयपालिकाहरुसँग अनुमति लिन र सुरक्षाका मापदण्ड अपनाउन तयार रहेको बताउँदै शाखाका सभापति मनोज कुमार थापाले रक्तदानगर्ने व्यक्ति तथा संघ संस्थाले भनेको स्थानमै गई रगत संकलन गरिने बताउनुभयो । उहाँले विगतमा जस्तैं यो असहज परिस्थितिमा पनि रक्तदानमा सबै पक्षबाट सहयोग मिल्नेमा विश्वास व्यक्त गर्नुभयो ।