पुनः टोल टोलमा रक्तदान गर्दै सुडाल रेडक्रस
भदौ ८, २०७७, सोमबार | विहान १०:५१ बजे | 40
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालमा पुनः टोल टोलमा रक्तदान अभियान शुरु भएको छ ।
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि भएको बन्दाबन्दी र निषेधाज्ञाका कारण भक्तपुर रक्तसञ्चारमा रगतको अभावभएकोले नेपाल रेडक्रस सोसाइटी सुडाल उपशाखाले टोल टोलमा रक्तदानअभियान सञ्चालन गरेको हो । शनिबारचा.न.पा. ८ को सुडालमा२५ जनापुरुष र १ जनामहिलार मणिकर्णिका स्थानमा २२जनापुरुष र १जनामहिला सोमबार सयवंगालमा ३४ जनापुरुष र १ जनामहिला गरी ८४ जनाले रक्तदानगर्नुभएको छ ।
रगतको मागभइरहेको तर रक्तदाननभएकोले रक्तदानकालागि नेपाल रेडक्रस सोसाइटी जिल्लाशाखाभक्तपुरले अनुरोध गरेको छ । रगतनपाएभक्तपुर जानु भन्ने अभियानलाई निरन्तरतादिदै यो असहज परिस्थितिलाई सहजबनाउनकालागि सरोकारवाला सबैलाई रक्तदानको वातावरण बनाई सहयोग गरिदिनुहुन नेपाल रेडक्रस सोसाइटी जिल्लाशाखाभक्तपुरले अनुरोध गरेको छ । हामीप्रशासन, स्थानीयपालिकाहरुसँग अनुमतिलिन र सुरक्षाका मापदण्ड अपनाउनतयार रहेको बताउँदै शाखाका सभापतिमनोज कुमार थापाले रक्तदानगर्ने व्यक्तितथा संघसंस्थाले भनेको स्थानमै गई रगत संकलनगरिने बताउनुभयो । उहाँले विगतमा जस्तैं यो असहज परिस्थितिमापनि रक्तदानमा सबैपक्षबाट सहयोग मिल्नेमा विश्वास व्यक्त गर्नुभयो ।