भक्तपुरका स्काउटहरु पुनः जनचेतनामूलक अभियानमा
भदौ ८, २०७७, सोमबार | विहान ०७:३६ बजे | 40
भक्तपुर । हाल देशमा कोभिड १९ को प्रकोप बढन थालेपछि केही समय बिश्राममा रहेका भक्तपुरका स्काउटहरु पुनः जनचेतनामूलक अभियानमा लागेका छन् । केही समय अगाडि खुकुलो मात्रै बनाएर जनजीवन सहज बनाउने प्रयासलाई जनताले महामारीको प्रभावलाई नै चुनौती दिनेगरी खुला रुपमा आफ्ना दैनिकी संचालनमा लागिपरेका नागरिकहरुको कारणले देशमा कोभिड १९ माहामारी भयाबह रुपमा देखापर्न थालेको छ । यही अबस्थामा जिल्ला स्काउट कार्यालयलेले पुनः जनचेतनामूलक कार्यक्रमलाई संचालनमा ध्यान दिएको हो ।
[[img2]]
यस पटकको अभियानमा दैनिक १० जना मात्र प्रशिक्षित स्काउट लिडरहरु मात्र परिचालन हुने भएकोले उनीहरुको जीवन रक्षाका लागि आबश्यक उपायहरूका साथै कोरोना बिमाको पनि ब्यबस्था गरिएको छ । यो अभियानलाई निरन्तरता र आबस्यक ब्यबस्थापनका लागि जिल्ला तालिम आयुक्त अच्युत प्रजापति, जिल्ला संगठन आयुक्त पबनकुमार बल्ल, जिल्ला कार्यक्रम आयुक्त पुण्यराम गोठे, सचिव शिबकुमार त्वायना र सरु गोसाँईसमेत ११ सदस्यीय परिचालन समिति गठन गरिएको जिल्ला आयुक्त रामगोपाल कर्माचार्यले बताए ।
[[img3]]