भक्तपुरमा ५३७ जना र १८४ वटा सवारी साधन कार्वाही
भदौ ४, २०७७, बिहीबार | दिउँसो ०१:०३ बजे | 25
भक्तपुर । निषेधाज्ञा जारी गरेको पहिलो दिन आज भक्तपुरमा ५३७ जना र १८४ वटा सवारी साधन कार्वाहीमा परेको छ । भक्तपुर जिल्ला भित्र बिभिन्न ठाउँमा अनावश्यक रुपमा हिडदुल गरी निषेधाज्ञा उलंघन गरेका ४३७ जना पुरुष र १०० जना महिलालाई कार्वाही गरेको छन् ।
त्यस्तै २३ वटा चारपाङ्गे र मोटरसाइकल १६१ वटालाई कार्वाही गरेको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत डिएसपी दिपक गिरिले बताए । हिजो देखि सूचना जारी गर्दा पनि आज अनावश्य रुपमा बाहिर हिड्दुल गरी निषेधाज्ञा उलंघन गर्नेलाई सडक पेटीमा होल्डिङ सेन्टर बनाई घटीमा २ घण्टा उभाई राख्ने गरेको थियो । सवारी साधनलाई नियन्त्रणमा लिएको ठाउँमा नै होल्ड गरि साँझ मात्र पठाएको डिएसपी गिरीले बताए । भोलीबाट भने निषेधाज्ञा उल्लंघन गर्नेलाई सरुवा रोग संक्रमण ऐन २०२० अनुसार कारवाही गरिने पनि उनले बताए ।