कमलविनायक टाउन प्लानिंगमा कोरोना
भदौ ४, २०७७, बिहीबार | विहान ०५:५७ बजे | 25
भक्तपर । भक्तपुर नगरपालिका वडा नं १० कमलविनायक टाउन प्लानिंगका कोरोना विरामी भेटिएको छ । कोरोना विरामी भेटिएपछि त्यस क्षेत्रलाई विहीबार विहानै सिल गरिएको छ ।
कोरोनाका ती विरामी पुरुष रहेको जनाइएको छ । उनी स्थानीय नभई डेरावाल भएको जनाइएको छ । उनी काठमाडौंको गोंगबुस्थित सनराइज बैंकमा कार्यरत रहेको जनाइएको छ ।
भक्तपुर नगरपालिका वडा नं १० का वडा अध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाका अनुसार वडामा हालसम्म दुई जना कोरोना भेटिएका छन् । यसअघि वडाको वेखालमा कोरानाको विरामी भेटिएको थियो ।
यसअघि बुधबार ललितपुरको पाटन अस्पतालमा उपचाररत भक्तपुरकी एक कोरोना संक्रमितको मृत्यु भएको थियो । भक्तपुर सूर्यविनायककी ६१ वर्षीया महिलाको बुधबार बिहान उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । स्वास्थ्य कार्यालयले बिहान ६ बजे एक प्रेस विज्ञप्ति जारी गर्दै पीसीआर रिपोर्ट पोजेटिभ आएकी महिलाको उपचारका क्रममा निधन भएको उल्लेख गरेको छ । भक्तपुरकी कोरोना संक्रमितको मृत्यु भएको उनी पहिलो महिला हुन् ।