बुधबार राति १२ बजेदेखि एक हप्ता निषेधाज्ञा
भदौ २, २०७७, मङ्गलबार | दिउँसो ०३:३८ बजे | 40
काठमाडौं । कोरोना संक्रमितको संख्या बढेसँगै काठमाडौं उपत्यकामा बुधबारदेखि निषेधाज्ञा जारी गरिने भएको छ।
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले बुधबार राति १२ बजेदेखि एक हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेको हो।
निषेधाज्ञा पछि अत्यावस्यक सवारी साधन बाहेक अन्य बन्द रहने छन्।